२०८१ वैशाख ७ गते | 19th of April 2024

तरुण दलको राष्ट्रिय भेला सम्पन्न (फोटो फिचर सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २५ गते १९:४९

नगरकोट । नेपाल तरुणदल केन्द्रीय समितिद्वारा नगरकोट, भक्तपुरमा आयोजित अहिले सम्मको पहिलो ऐतिहासिक सबै जिल्ला अध्यक्षहरु र विदेश शाखा अध्यक्षहरुको भेला भब्य रुपले सम्पन्न भएको छ । नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको नेतृत्वमा फाल्गुन २२,२३ र २४ गते उक्त प्रशिक्षण भेलाको आयोजना गरिएको थियो । उक्त ऐतिहासिक भेलामा करिब ६५ जिल्ला भन्दा बढी तरुण जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो । भेलामा सबै जिल्ला अध्यक्षहरुले आफुहरुलाई जिल्लामा के कस्तो समस्या हुने गरेको र पार्टीले यसको समाधान समेत निकाल्नु पर्ने तर्क गरेका थिए । प्रशिक्षण भेलामा सबै जिल्ला अध्यक्षहरुलाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड, महेश दाहाल, नविन्द्र राज जोशी, कृष्ण प्रसाद सिटौला, प्रदिप गिरी लगाएतका नेताहरुले प्रशिक्षण दिएका थिए ।


प्रशिक्षणको साथमा अब आगामी दिनमा नेपाल तरुणदलको रणनीति के कस्तो रहनु पर्दछ भन्ने विषयमा समेत सल्लहा सुझाब नेताहरुले जिल्ला अध्यक्ष र केन्द्रीय समितिलाई दिएका थिए । उक्त जिल्ला अध्यक्षहरुको प्रशिक्षण भेलाको २३ गतेका दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा नेपाली कांग्रेस अधिकांश नेता तथा केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो । यस्तै सभापति शेरबहादुर देउवाले आफ्नै पार्टी भित्रका खराव तत्वोहरुलाई चाडै नै कारवाहीको दायरामा लिएर आउने बताउनुभयो । यस्तै उहाले तरुणहरुको योगदान पहिले देखि नै नेपाल कांग्रेसमा धेरै रहेको र तरुणहरुको आवश्यकता पनि पार्टीलाई धेरै नै रहेको उहाले उल्लेख गर्नुभयो ।


यस्तै आगामी दिनमा कुनै गुट उपगुट नराखी संगठनलाई बलियो बनाउदै लैजान पनि उहाले सबै जिल्ला अध्यक्ष र केन्द्रीय समितिलाई निर्देशन दिनुभयो । यस्तै नेता रामचन्द्र पौडेलले पनि यति बेला सबै एकजुट हुन जरुरी रहेको बताउनुभएको छ । को कस्तो भन्दा पनि हामी सबै नेपाली कांग्रेसको र नेपाली कांग्रेस हाम्रो भन्ने सोचले अगाडी बढ्न यति बेला अत्ति आवश्यक रहेको उहाको भनाई रहेको थियो । यस्तै कार्यक्रमको समापन भने २४ गते नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो । यस्तै उहाले प्रशिक्षण दिने सबै नेता तथा प्रशिक्षण लिने सबै जिल्ला अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।


अब लगतै यहि चैत्र २५ गते देखि नेपाल तरुणदल केन्द्रीय समितिले प्रदेश भेला र प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको अनुसार सबै प्रदेशमा प्रशिक्षण भेला हुनेछ । यसको लागि उहाले सबै जिल्ला अध्यक्षहरुलाई निर्देशन समेत दिईसक्नु भएको छ । यस्तै उहाले कुनै गुट उपगुटतिर नसोची नलागी कुनै नेता तथा अरु निकायको कुरामा ध्यान नदिई आफ्नो हिसाबले संगठन विस्तार गर्न र मजबुत बनाउन निर्देशन समेत दिनुभएको छ । नेपाली कांग्रेस पार्टीलाई फेरी माथि उठाउन र बलियो बनाउन र जनताको मन मस्तिष्कमा पुराउने जिम्मेवारी अब नेपाल तरुणदलको काधमा रहेको पनि उहाले उल्लेख गर्नुभयो ।


केही युवा नेताको नाम सस्तो खालको प्रचारबाजी मात्र गरिरहेको बेला तरुण दलले देशभरिकै जिल्ला अध्यक्षहरु बोलाएर तीन दिनसम्म राष्ट्रिय भेला गर्नु निकै नै महत्त्वपूर्ण र एेतिहासिक कार्य भएको भनेर नेपाली कांग्रेस र लोकतन्त्र प्रेमिहरु सबैले तरुण दलको खुलेर प्रशंसा गरेका छन् । यस्तै उक्त भेलामै तरुणदल केन्द्रीय कार्यसमितिले आगामी दिनको रणनीतिको केहि निर्णयहरु समेत गरेको छ । निर्वाचन पछि कांग्रेसको समिक्षा बैठक समेत बस्न नसकेको बेला र ने.वि संघ लगायत अरु भातृ संगठन समेत सुस्ताएको बेला नेपाल तरुणदलले यस्तो भेलाको आयोजना गर्नु निकै उल्लेखनीय र अर्थपूर्ण मानिएको छ । यस्तै उक्त भेलाको उद्घाटन समारोहको दिन नेपाल तरुणदल केन्द्रीय समितिले यसपटकको निर्वाचनमा कांग्रेसबाट सांसद बनेका ब्यक्तिहरुलाई सम्मान पनि गरेको थियो, दर्पण नेपालमा समाचार छ ।





















Leave a Reply

Your email address will not be published. Required fields are marked *