२०८१ वैशाख ७ गते | 19th of April 2024

NWGN लस एन्जलस च्याप्टरद्धारा आयोजित १०८ औं महिला दिवस कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २६ गते २२:५०

लस एन्जलस । नेपाली महिला विश्व संजाल(NWGN)को लस एन्जलस च्याप्टरले १०८ औं अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । स्थानिय तारा हिमालय कुजिन, आर्टेसियामा मार्च ८, २०१८ का दिन स्थानिय महिला, सकृय संघ संस्था प्रतिनिधिहरुको उपस्थितमा महिला दिवसको कार्यक्रम सम्पन्न गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, अमेरिकाज क्षेत्रकी महिला उपसंयोजक संगीता लम्साल सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनआरएन आईसिसी सदस्य बलराम थापाका साथै टिका आन्दम्वे, सरिता पराजुली, अमृता गैरे लगायत बक्ताहरुले नारीका बिषयमा आ-आफ्ना मन्तब्य राखेका थिए ।

एनडब्ल्युजीएन, लस एन्जलस च्याप्टरकी अध्यक्ष अमृता गैरेसापकोटाको  सभापतित्वमा सम्पन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुती पनि समाबेश गरिएको थियो । नारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने ब्यक्ती तथा संस्थाहरुलाई अध्यक्ष गैरेले धन्यवाद ब्यक्त गरेकी छन । गैरेद्दारा प्रेशित बक्तब्य :

१०८ औ अन्तराष्ट्रिय महिला दिवश NRN,NWGN Los Angeles Chapter, Society Of American Cepalies Nursing Southern California Chapter को आयोजनामा सम्पन्न गर्न पाल्नु हुने सम्पूर्ण आदरणीय महानुभावहरूलाई NWGN परिवारको तर्फबाट NRN ICC सदस्य बलराम थापा, NRNA ICC महिला बिभाग क्षेत्रीय सह-संयोजक संगिता लम्साल शिवाकोटी र NRNA NCC California Chapter का अध्यक्ष रामबाबु पाण्डे, नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र शिवाकोटी , जन सम्पर्क समिति लस एन्जलस च्याप्टरका अध्यक्ष मदन पाठक,  MAA California Chapter का अध्यक्ष दिनेश शाह, तामाड्ग सोसाईटी, लस एन्जलस च्याप्टरका अध्यक्ष टेक लामा, स्थानिय सामाजिक अगुवाहरु कृष्ण कोईराला, झमक निरौला, नबीन पोखरेल, दिल बहादुर श्रेष्ठ, सुर्य प्रसाई, मनिता गोपाल, लस एन्जलसवासी आमा, दिदी-बहिनी, बुवा, दाजु-भाईहरूले हामी लस एन्जलसवासी महिलाहरुलाई सहानुभूती प्रकट गरी हौसला दिई केहि कमी कमजोरीहरुलाई क्षमा गरी कार्यक्रम सभ्य र भव्यताको साथ सम्पन्न गर्न सहयोग गरिदिनु भएकोमा हामी NWGN Los Angeles परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ ।

अमृता गैरे सापकोटा
अध्यक्ष
एन्डब्ल्युजीएन, लस एन्जलस च्याप्टर ।

कार्यक्रम सम्पन्न गर्न सामाजिक अभियान्ता तथा एनडब्ल्युजिएन, लस एन्जलस च्याप्टरकी पुर्व अध्यक्ष शारदा श्रेष्ठ रातोदिन लागिपरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *