२०८१ वैशाख १५ गते | 27th of April 2024

अमेरिकामा नेपाली कलाकार संघको तेश्रो अधिवेशन हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २७ गते १:१७

अमेरिका । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको तेश्रो अधिवेशन यही मार्च ११, २०१८ न्यूयोर्कमा हुने भएको छ। २०१२ मा नायिका गौरी मल्लको अध्यक्षतामा पहिलो पटक गठन भएको कलाकार संघको तेश्रो अधिवेशनमा अमेरिका भरिका १४ राज्यबाट प्रतिनिधीहरु उपस्थित हुने भएका छन्।

अमेरिकाको १४ राज्यमा आफ्नो राज्य च्याप्टरहरु रहेको यो संघको यो तेश्रो अधिवेशन बिशेष हुने कुरा संघका अध्यक्ष सुमन बुढामगरले जानकारी गराउनु भएको छ। अमेरिका जस्तो ब्यस्त देशमा रहेर पनि कलाकारहरुले आफ्नो कला संस्कृति र भेष-भुशालाई संरक्षण गरौ भन्ने नारा लिएको यो सस्थाले थुप्रै ऐतिहासिक कामहरु गरेको बताइन्छ।

नेपालमा प्रबिधी र प्रतिलिपि संरक्षण अमेरिकामा रहेका कलाकारहरुको डाटा कलेक्सन देखि नेपालको भूकम्पमा देशको लागि एकदिन भन्ने नारा लियर सहयोग संकलन लगायत अनगिन्ती कार्यक्रमहरु गरेको बताइन्छ। अमेरिकामा नेपाली कला क्षेत्रको इतिहास समेटेको कलाकार नामक बुक पनि कलाकार संघले प्रकाशन गरेको थियो।

सन २०१६ सम्ममा अमेरिका र क्यानाडामा गरि ४३७ जना कलाकारहरु रहेको विवरण उक्त पुस्तकमा प्रकाशन गरिएको छ। आउने अधिवेशनले बिगतमा राम्रो काम गर्नेहरुलाइ सर्ब-सम्मतले नयाँ नेतृत्व समेत निर्वाचित गर्ने अपेक्षा गरिएको छ। यो पटक चुनाब नहुने सर्वसम्मत गरिने कुरा अध्यक्ष बुढामगरले बताउनु भयो।

सँस्थापक अध्यक्ष नायिका गौरी मल्ल, निबर्तमान अध्यक्ष गम्बु शेर्पा देखि वर्तमान अध्यक्ष सुमन बुढामगरको नेतृत्वसम्म सबै पटक सर्बसम्मतले नै नेतृत्व चयन भएको छ। सँस्थाप्रति इमान्दार र माया गर्ने सबै कलाकारहरुको प्रतिनिधत्व गर्दै नयाँ कार्यसमिति चयन हुनेकुरामा अध्यक्ष बुढाले बिश्वास दिलाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *