२०८१ वैशाख १२ गते | 24th of April 2024

छबि-शिल्पा दङ्ग, मंगलमले हल खचाखच, स्टारको लिष्टमा पुष्पल

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २७ गते २:४८

काठमाण्डौं । फिल्म दर्पण छायाँ २ बाट नेपाली रजटपटमा देखिएका नायक पुष्पल खड्काको अभिनय राम्रो हुँदा हुदै पनि दर्पन छायाँ व्यवासायिक रुपमा सफल हुन सकेन । दर्पन छायाँ व्यवासायिक रुपमा असफल हुँदा पनि पुष्पलको संभावना भने कायमै रहेको थियो । लगतै पुष्पल खड्कालाई निर्देशक नवल नेपालले फिल्म मंगलममा लिने निर्णय गरेका थिए । यतिखेर फिल्म मंगलम देशभरी प्रदर्शन भईरहेको छ ।

सिंगल र मल्टिप्लेक्स दुबै हलमा दर्शकको साथ मंगलमलाई मिलेको छ । सामाजिक कथामा निर्माण भएको फिल्म मंगलम चल्नुमा बिषयवस्तु र प्रोडक्शन टिम मात्र नभई कलाकारको अभिनय पनि हो ।

फिल्ममा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाई, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिथिला शर्मा, निर शाह लगायतको अभिनय रहेको छ । सबैको उतिनै काम राम्रो छ । तर पुष्पल खड्काले फिल्म मंगलम मार्फत आफ्नो क्रेजलाई बढाउन सफल भएकोे छ । उनी फिल्म मंगलमबाटै स्टारको लिष्टमा अटाउने तयारीमा रहेको मंगलमबाट बुझ्न सकिन्छ । मंगलममा उनको अभिनय देखेर सिंगल र मल्टिप्लेक्समा दर्शकहरुले तारिफ गरेका छन् । उनको अभिनयकै कारण मंगलम राम्रो छ भन्नेहरुको कमी छैन । शुक्रवार देशैभरका अधिकांश हलहरु हाउसफुल गरेको मंगलमले शनिवार पनि हाउसफुलकै व्यापार गरेको छ । सिंगल थिएटरहरु गुण, गोपि, अष्ट लगायत मात्र नभई कुमारी, बिग मुभिज, सिभिल, विएसआर मुभिज लगायत शनिवार हाउसफुल देखियो । यता हलहलमा पुष्पल पुग्दा उनका निकै फ्यानहरु बढिरहेको देख्न सकिन्थ्यो । सिंगलमा मात्र नभई मल्टिप्लेक्समा समेत पुष्पलसँग फोटो खिच्न यूवतीहरुको तछाड मछाड देखिएको थियो ।


पहिलो फिल्म व्यवासायिक रुपमा असफल भएपनि मंगलमबाट स्टारको छनक पुष्पलले देखाएका हुन् । यसो त स्टार प्रदिप खड्काको पनि पहिलो फिल्म व्यवासायिक रुपमा असफल भएको थियो । यस्तै फिल्म ए मेरो हजुर २ बाट उडाएका सलिनमान बाँनिया एउटा फिल्मबाटै स्टारको लिष्टमा अटाउन सफल भएको हो । यस कारण पनि पुष्पल स्टारको लिष्टमा अटाउने तयारीमा रहेको छ । देशभरी केही सिंगल थिएटरहरु अझै थपिरहेको फिल्मका वितरक गोपालकाजी कायस्थले बताएका छन् । पुष्पलकै कारण छबिराजको फिल्म भएपनि मल्टिप्लेक्समा शोज राम्रो भईरहेको छ । पहिलो पटक निर्माता बनेकी शिल्पाले छवि प्रोडक्शनमा मंगलम बनाएकी हुन् । फिल्मबाट निर्देशक नवल नेपाललाई पनि राम्रो प्रतिक्रिया मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *