२०८१ वैशाख १५ गते | 27th of April 2024

गगन र ओली जुहारी – भिडियो

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते ८:०७

काठमान्डौं – प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सांसद गगन थापाबीच जुहारी चलेको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आइतबारको संसद बैठकमा बोल्दै थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका थिए।

‘हामी प्रतिपक्षमा उभिए पनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ। तर, आजबाट दिनगन्ती सुरू भएको छ,’ संसदमा बोल्दै थापाले भने, ‘घोषणा पत्रमा लेख्नु भएको छ, ५ वर्षमा प्रत्येक वर्ष आर्थिक बृद्धिद्धर १० प्रतिशत हुनेछ। भ्रष्टाचार शून्य हुन्छ। २ वर्षभित्र एउटा पनि कृषिउपज किन्नु पर्दैन, ५ वर्षमा बेचेर खनखन पैसा कमाउँछ । फास्ट ट्राक बन्नेछ, २५ लाख पर्यटक भित्रिनेछन् ।’

एकपछि अर्को चुनावी घोषणा पत्रका बाचा स्मरण गराउँदै कांग्रेस सांसद थापा ओलीमाथि खनिएका थिए।

थापाले बलियो नेताका रुपमा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र व्यहोरिसकेको भन्दै संस्थाहरूलाई बलियो बनाएर सिस्टमले डेलिभरी दिन सक्नुपर्ने ठाउँमा हामी कतै बरालिएर संस्था होइन, व्यक्ति बलियो बनाउने ठाउँमा पुग्यो भने दुर्घटनामा पर्ने भन्दै सचेत गराए।

कांग्रेस सांसद थापा ओली अब एमाले अध्यक्ष मात्र नभएर प्रधानमन्त्री भइसकेको भन्दै जे पनि बोल्न नपाइने बताए। चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीले आफूलाई ‘यो केटा सेलिब्रेटी हो, फोटो खिचाउन काम लाग्छ’ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले भने, सम्माननीय प्रधानमन्त्री अब एमालेको अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो । अब जे पनि बोल्न पाइन्नँ। प्रत्येक चोटी बोकेको कुराको हिसाव किताव दिनुपर्छ ।’

यसपछि लगत्तै प्रधानमन्त्री केपी ओलीले गगन थापालाई जवाफ दिएका छन्। संसदमा दोस्रो पटक बोल्ने क्रममा ओलीले संसदमा बहुमत हुँदाहुँदै दुई तिहाइको समर्थन दम्भ र दुरुपयोगका लागि नभएको दाबी गरे।

गगन थापाप्रति लक्षित गर्दै ओलीले भने, ‘मैले दुई तिहाइमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो । दम्भका लागि, दुरुपयोगका लागि होइन । म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीकोरुपमा काम गर्छु ।’

प्रधानमन्त्री ओलीले आफूले बोलेका हरेक कुराको जवाफदेहिता लिने बताउँदै एकछिनका निम्ति असल र राम्रा कुरा गरेर उम्किने हिसावले प्रधानमन्त्रीको पदमा नआएको स्पष्ट पारे। ‘कुनै एस्क्युज खोज्दिनँ, उत्तरदायी र जवाफदेही हुने हो,’ चुनावी घोषणापत्रका विषयमा कांग्रेसले उठाएको प्रश्नको जवाफ दिंदै उनले भने, ‘घोषणापत्र बिहान बिहान पारि तरौंला भनेर पाठ गर्न ल्याएको होइन । परलोकको कुरा गरेको होइन, इहलोक बनाउने कुरा गरेको हो ।’

आफू सिमाभित्र रहेको दाबी गर्दै ओलीले असीमित ज्ञान असीमित सामर्थ्य, असमीमित समय नभएको स्मरण गराउँदै इमान, प्रतिबद्धता र अठोट असीमित रहेको बताए।

देश बनाउने विषयमा चिन्ता नलिन भन्दै प्रधानमन्त्रीले देश बन्छ, ढुक्क भएर सुत्नुहोला, निन्द्रा नबिग्रियोस् भनेर सान्तवना दिएका थिए।

काठमाडौंको दरबारमार्ग, ललितपुरगायतका ठाउँमा भएको बलात्कारका घटना मध्यस्थताबाट मिलाएकोमा विरोध गर्दै भने, ‘मध्यस्थताका दिन गए अब कडाइका साथ कारबाही गरिन्छ।’

गगन थापा – नेपाली कांग्रेस :

https://www.facebook.com/setopati/videos/1806429156094316/

 

केपी शर्मा ओली-प्रधानमन्त्री

– सेतोपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *