२०८१ वैशाख १४ गते | 26th of April 2024

प्रधानमन्त्रीले भने – ‘देश बन्छ, ढुक्कले निदाउनुहोला ।’

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते ८:२४

काठमान्डौं – संसदमा सम्बोधन गर्ने शिलशिलामा प्रधानमन्त्री ओली भन्दैथिए – ‘मैले दुई तिहाइमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो । दम्भका लागि, दुरुपयोगका लागि होइन । म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीकोरुपमा काम गर्छु ।’ 

प्रधानमन्त्री ओलीले आफूले बोलेका हरेक कुराको जवाफदेहिता लिने बताउँदै एकछिनका निम्ति असल र राम्रा कुरा गरेर उम्किने हिसावले प्रधानमन्त्रीको पदमा नआएको स्पष्ट पारे। ‘कुनै एस्क्युज खोज्दिनँ, उत्तरदायी र जवाफदेही हुने हो,’ चुनावी घोषणापत्रका विषयमा कांग्रेसले उठाएको प्रश्नको जवाफ दिंदै उनले भने, ‘घोषणापत्र बिहान बिहान पारि तरौंला भनेर पाठ गर्न ल्याएको होइन । परलोकको कुरा गरेको होइन, इहलोक बनाउने कुरा गरेको हो ।’ 

आफू सिमाभित्र रहेको दाबी गर्दै ओलीले असीमित ज्ञान असीमित सामर्थ्य, असमीमित समय नभएको स्मरण गराउँदै इमान, प्रतिबद्धता र अठोट असीमित रहेको बताए ।

देश बनाउने विषयमा चिन्ता नलिन भन्दै प्रधानमन्त्रीले देश बन्छ, ढुक्क भएर सुत्नुहोला, निन्द्रा नबिग्रियोस् भनेर सान्तवना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *