२०८१ वैशाख १३ गते | 25th of April 2024

दुर्घटनाग्रस्त विमान पुरै जल्यो, ५० भन्दा बढिको मृत्युको आशंका

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते ९:०९

अपडेट :  काठमाडौँ । बंगलादेशको ढाकाबाट आएको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ५० भन्दा बढि यात्रृको ज्यान गएको आशंका गरिएको छ । अबतरणका क्रममा धावन मार्गमा चिप्लिएर विमान घाँसे मैदानमा पुगेको थियो । घाँसे मैदानमै आगलागी हुँदा विमान पूर्णरुपमा क्षतिग्रस्त भएको छ । भने, ५० भन्दा बढिको ज्यान गएको आशंका सुरक्षाकर्मीले गरेका छन् ।

विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए । जसमा १४ जनालाई उद्धार गरिएको छ भने अरु सवै विमानमै थिए । विमान भने पूर्णरुपमा आगलागी भएको छ । 

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ ।

विमानस्थलमा केहीबेरअघि यूएस बंगलाको डीएच ८ कल साइनको विमान विमानस्थलको पूर्वपट्टीरहेको फुटबल मैदानमा खसेको छ ।

विमान आकाशबाट खसेको हो या अवतरण गर्ने क्रममा चिप्लिएको अझै खुल्न सकेको छैन । 

दुर्घटनापछि विमानमा आगो लागेको थियो । अहिले आगो भने नियन्त्रणमा आइसकेको र उद्धारटोली विमानभित्र प्रवेश गर्ने क्रममा रहेको बताइएको ।

यस घटनामा मानविय क्षति भए नभएको खुल्न सकेको छैन ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

उक्त विमानमा करिब ७० जना यात्रुहरु रहेको अनुमान गरिएको छ । विमानमा यतिका धेरै यात्रु भएको थाहा पाएपछि १ दर्जनको हाराहारीमा एम्वुलेन्सहरु पुगेका छन् ।

उद्दार कार्य जारी छ । विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *