२०८१ वैशाख ११ गते | 23rd of April 2024

बोक्सी कुटाई घटनाका प्रत्यक्षदर्शी घोडाघोडी नगरका मेयरलाई गोली प्रहार

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते १७:२९

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी अाज साँझकाे सांघातिक अाक्रमणबाट गम्भीर घाइते भएका छन् ।

सुख्खड बजारमा रहेको घरमै बसिरहेका वेला बेलुकी ८ बजेतिर गोली र खुकुरी प्रहार गरेपछि अाक्रमणकारी फरार भए । मेयर चाैधरीलार्इ थप उपचारका लागि बाँकेकाे काेहलपुर मेडिकल कलेज रिफर गरिएकाे छ ।

घटनापछि प्रहरी सतर्कता र चेकजाँच पनि बढाइएकाे जिल्ला प्रहरी कार्लायका प्रहरी उपरीक्षक विनाेद शर्मा घिमिरेले जानकारी दिए ।

प्रहरीले अहिलेसम्म कसैलार्इ पक्राउ गरेकाे छैन । तर, धेरैकाे अाशंका गत बिहीबारकाे एउटा घटनातिर बढेकाे छ ।

गत बिहीबार घाेडाघाेडी –५  देउकलियामा एक १८ वर्षीया छात्रालार्इ बाेक्सीकाे अाराेपमा साेही ठाउँका भाेलेबाबा भनिने रामबहादुर चाैधरी र उनका सहयाेगीले ६ घण्टासम्म मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

घटनापछि पीडित परिवार इलाका प्रहरी कार्यालय पुगेपछि भाेलेबाबालार्इ प्रहरीले पक्राउ गरेकाे थियाे । तर, मेयर चाैधरीलगायतकाे दबाबमा प्रहरीले मिलापत्र गराएर दाेषीलार्इ कारबाही नगरी छाडिदिएकाे थियाे ।

याे घटना सार्वजनिक भएपछि मेयर चाैधरीकाे कडा अालाेचना भएकाे थियाे । देशैभर तरंग छाएकाे याे घटनाकै अाग्रह–पूर्वाग्रहबाट प्रेरित भएर काेही कसैले मेयर चाैधरीमाथि अाक्रमण गरेका हुन् कि भन्ने अाशंका स्थानीयले गरिरहेका छन् ।

प्रहरीले भने यस विषयमा केही बताएकाे छैन । घटनाकाे शुक्ष्म अनुसन्धान गरिरहेकाे तथा अाक्रमणकारीकाे खाेजी गरिरहेकाे प्रहरीकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *