२०८१ वैशाख ८ गते | 20th of April 2024

सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नरमा धनप्रसाद लामिछानेको उम्मेदवारी

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २९ गते १०:३७

काठमान्डौं – लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वान अन्र्तगत लायनिस्टिक वर्ष २०१८–१९ का लागि सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नर पदमा लायन धनप्रसाद लामिछाने (एमजेएफ) ले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपालकै उत्कृष्ट क्लब मानिने लायन्स क्लब अफ काठमाडौं जोरपाटीका पूर्व अध्यक्ष लामिछानेले सोमबार राजधानीमा आयोजित भव्य कार्यक्रमबीच अग्रज लायन्सहरुको उपस्थितिमा उम्मेदवारी घोषणा गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले नेपालमा लायनवादको प्रभावलाई अझ शशक्त बनाउने अभिप्राय सहित आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

अग्रज लायन्सहरुको आर्शिवाद तथा युवा लायन्सहरुको साथ आफूलाई रहेको बताउँदै लामिछानलेले सबैको भावनालाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । १२ वर्ष भन्दा अघि देखि लायन्स क्लबमा क्रियाशील रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव छाड्न सफल बुहआयामीक, मृदुभाषी तथा शालीन छविका लामिछानेले आफनो प्रतिबद्धता तथा अवधारणा सार्वजनिक गर्दै डिस्ट्रिक्टलाई उच्च प्रविधिमैत्री बनाउँदै समाजसेवाको क्षेत्रमा विशिष्ट पहिचान दिलाउन अहोरात्र खटिने बताउनुभयो । एकता, सद्भाव, सेवा र संगतिलाई मूलमन्त्र मान्दै आफूले काम गर्ने लामिछानले बताउनुभयो । कार्यक्रममा अग्रज लायन्सहरुले लायनवादको मर्मलाई अन्तर आत्माबाट बुझ्ने लामिछाने जस्ता शशक्त व्यक्तित्व नेतृत्वमा आउन खोज्नु समग्र डिस्ट्रिक्टका लागि गर्वको विषय भएको धारणा राख्दै लामिछानलेलाई शुभकामना दिनु भएको थियो ।

को हुन् लामिछाने ?
विक्रम सम्बत् २०२८ साल असार २८ गते गोरखाको आरुघाटमा जन्मनु भएका लामिछाने लियो क्लब हुँदै सन् २ हजार ५ देखि लायन्स क्लबमा प्रवेश गर्नु भएको हो । सन् २०१२–१३ मा अत्यन्त सफलतापूर्वक लायन्स क्लब अफ काठमाडौं जोरपाटीको अध्यक्षको कार्यभार सम्हाले पश्चात् लामिछानलेले जोन चेयरपर्सन, क्लब मेम्बरसिप चेयरपर्सन, रिजन चेयरपर्सनको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ । सन २०१६–१७ म क्याबिनेट सेक्रेटरी रहनु भएका लामिछानेले सन् २०१७–१८ मा डिस्ट्रिक्ट जिएसटी कोर्डिनेटरको भूमिका सम्हालिरहनु भएको छ ।

आफूलाई प्राप्त सबै खालका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरे बापत् लामिछानले थुप्रै प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरु हासिल गरिसक्नु भएको छ । लायन्स क्लबका अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा तालिममा भाग लिने क्रममा दुई दर्जन भन्दा बढी मुलुकहरुको भ्रमण गरिसक्नु भएका लामिछानेकै पहलमा अमेरिकाको सान फ्रान्सिस्कोमा लायन्स क्लब अफ सान फ्रान्सिस्को बुद्ध क्लब खोलिएको छ । लामिछाने अध्यक्ष रहेको जोरपाटी लायन्स एकेडेमीले विपन्न वर्गका करीब तीन सय बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिरहेको छ । जोरपाटी लायन्स एकेडेमी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानकै सबैभन्दा प्रतिष्ठित स्थायी परियोजनाको रुपमा अन्तर्राष्ट्रिय स्तरमा परिचित भइसकेको छ । यसबाहेक लामिछाने अन्य थुप्रै सामजिक संघ संस्थामा आबद्ध हुनुहुनछ । व्यवस्थापन संकायमा स्नातक तह पूरा गर्नु भएका लामिछाने श्रीमती, दुई छोरी र एक छोरा सहित हाल राजधानीको गोकर्णेश्वर नगरपालिका–६ का बासिन्दा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *