२०८१ वैशाख १५ गते | 27th of April 2024

टिपिएस नबिकरणका लागी सिनेटर वारेनलाई पहल गरिदिन अर्को अनुरोध

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २९ गते १०:५२

बोष्टन – अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको Temporary Protected Status (टिपिएस) सुविधा नबिकरणका लागी नेपाली संघ संस्थाहरुले पहल तिब्र पारेका छन् । टिपिएस समाप्त हुने मिति नजिकिदै गर्दा नबिकरणको पहल गरिदिन नेपाली संघ संस्थाहरुले सरोकारवालाहरुहरु संग अनुरोध गरिरहेका छन् ।

यसैक्रममा गैर आवासीय नेपाली संघ एनआरएन अमेरिका म्यासाचुसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनीटी तथा एनआरएन अमेरिकाका पुर्ब अध्यक्ष प्रल्हाद के सी को पहलमा डेमोक्रेटीक पार्टीकी शशक्त सिनेटर एलिजाबेथ वारेन संग भेट गरि टिपिएस नबिकरणका लागी पहल गरिदिन अनुरोध गरिएको छ ।

भेटका क्रममा नेपाली प्रतिनिधी मण्डलले सिनेटर एलिजावेथलाई टिपिएस नबिकरणका लागी पहल गरिदिन एक अनुरोध पत्र समेत बुझाएको थियो । अनुरोध पत्र बुझ्दै सिनेटर वारेनले नेपालमा गएको महाभूकम्पको धनजनको क्षति बारेमा आफू जानकार रहेको बताइन । यसको साथै सिनेटर वारेनले अझ पनि पीडितहरुको समस्या समाधान हुन् बाकि रहेकोले अमेरिकामा रहेका तिनीहरुका परिवारलाई अमेरिकी सरकारबाट उपलब्ध भएको टिपीएसको सुविधाको म्याद थप्ने कार्यमा सक्दो सहयोग गर्ने बताएको भेटमा सहभागी गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रामकुमार सुबेदीले बताउनुभयो ।

आफुले सिनेटर वारेनलाई टिपिएस सुबिधा पछि हजारौं नेपालीहरुमा परेको सकारात्मक प्रभाव र महाभुकम्प पछिको नेपालको अवस्थावारे जानकारी गराउंदै यस्तो अवस्थामा टिपिएस नबिकरण गर्न पहल गरिदिन अनुरोध गरेको उपाध्यक्ष सुबेदीले बताउनुभयो ।

सो अवसरमा एनआरएन अमेरिकाका पुर्ब उपाध्यक्ष प्रल्हाद केसीले टिपिएस नबिकरणका लागी अनुरोध पत्र बुझाउंदै टिपिएसका बारेमा जानकारी गराउनुभएको एनआरएन अमेरिकाका प्रबक्ता बिनोद कुमार तिवारी एक बिज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।

सो अवसरमा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष केसी, एनआरएनका उपाध्यक्ष सुवेदी ,एनआरएनकि संचालक समिति निर्देशक तृष्णा शर्मा काफ्ले ,एनआरएन म्यासाचुसेट्स शाखाका अध्यक्ष बिष्णु कार्की ,एनआरएनआईसीसीका भाषा साहित्य समिति सदस्य महेश्वर पन्त ,बोस्टन नेपाली कम्युनिटीका सभापति बिष्णु आचार्य तथा एनआरएन अमेरिकाका पूर्व सल्लाहकार विजय शर्मा लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा गएको महाभुकम्प पछि अमेरिकामा रहेका नेपालीहरुलाई यहांको सरकारले टिपिएस प्रदान गरेको थियो जसको अवधी आउंदो जुन महिनामा सकिदैछ । टिपिएस नबिकरण नभए हजारौं नेपालीहरु प्रभावित हुन सक्ने भएकोले नबिकरणका लागी पहल गरिदिन नेपाली समुदायले सरोकारवालाहरुलाई अनुरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *