२०८१ वैशाख १४ गते | 26th of April 2024

विमान दुर्घटनाका घाइते भेट्न अस्पतालमा सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २९ गते १०:५९

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवा आज सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । पूर्व प्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याई नगर्न सरकारसँग आग्रह गरेका थिए ।

उनले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताए । “उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्छु,”– उनले भने । विमान सोमबार दिउँसो १४.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *