२०८१ वैशाख ७ गते | 19th of April 2024

आदित्यनारायण झा गिरफ्तार

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २९ गते १७:३१

काठमाडौँ । बलिउडका सुप्रसिद्ध गायक उदित नारायण झाका छोरा आदित्य नारायण आफ्नो हर्कतको कारण फेरि पनि चर्चामा आएका छन् । झाका ३० वर्षीय छोरा आदित्य कार दुर्घटनामा परेका छन् । आज सोमबार आदित्यले आफ्नो मर्सिडिज कारले अँधेरी वेस्टमा एक अटो रिक्सालाई ठक्कर दिएको हो । त्यस पछि उनलाई मुम्बई पुलिसले गिरफ्तार गरेको छ र लापरबाहीपूर्वक सवारी चलाएको भन्दै मुद्दा दर्ता गरेको छ ।

आदित्य माथि आईपिसीको धारा २७९ एवं ३३८ अनुसार मुद्दा दर्ता गरिएको छ। प्रहरीले बेल प्राप्त गरेपछि आदित्यलाई १० हजार रुपैयाँ जरिवाना तिराई छोडेका छन् । यस दुर्घटनाबाट अटो रिक्साको ड्राइभरको हालत गम्भीर छ । उक्त रिक्सामा बसेकी ३२ वर्षीय महिलालाई सामान्य चोट लागेको छ ।

६४ वर्षीय अटो रिक्सा ड्राइभरलाई कोकिलाबेन अस्पतालमा आईसियुमा भर्ना गरिएको छ । प्रहरीले आदित्य नारायणको मेडिकल टेस्ट गर्दा उनले मदिरापान नगरेको पाइएको छ ।

यो घटना लोखण्डवालाको इन्द्रचोक भवनको अगाडी भएको हो । दुर्घटना पछि आदित्य स्वयमले आफ्नो गाडीमा राखी घाइते महिला र ड्राइभरलाई अस्पतालमा पुर्याएका थिए । तर ड्राइभर र महिलाले आदित्य विरुद्द मुद्दा दर्ता गरेका छन् ।

आदित्य आफ्नो हर्कतका कारण बदनाम भएको यो पहिलो पटक भने होइन । यो भन्दा पहिले गत वर्ष एक एयरलाइन्सको कर्मचारीलाई धम्की दिएको र आपत्तिजनक शब्द प्रयोग गरेको भिडियो लिक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *