२०८१ वैशाख ७ गते | 19th of April 2024

केकीको ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत रिलिज (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २९ गते २२:१४

काठमाडौं- नायिका केकी अधिकारी द्धारा निर्मित ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत रिलिज गरिएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर/संगीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

लिरिकल भिडियोमा गीतका शब्द तथा फिल्ममा समावेश केहि रोचक तस्विरहरु पनि देखाइएको छ । गीतको एनिमेड भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् । 

फिल्मका यसअघि सार्वजनिक ‘सिओ डब्लु काउ’ र ‘अब मन सँग मन’ बोलका गीतले राम्रो प्रतिक्रिया पाइसकेका छन् । फिल्ममा ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा र लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियो : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *