२०८१ वैशाख ६ गते | 18th of April 2024

‘मंगलम’ रुचाए दर्शकले, मल्टिप्लेक्समा शो थपियो

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १ गते ७:४०

काठमाडौ । छविराज ओझा निर्मातामा बनेको चलचित्र ‘मंगलम’ ले हलमा दर्शकको राम्रो साथ पाइरहेकोले मल्टिप्लेक्स छिर्ने अवसर पाएको छ ।

खुल्लामन्चसंग निर्माता ओझा भन्छन्, ‘उच्च वर्ड अफ माउथका कारण मल्टिप्लेक्सले शो बढाइरहेको छ । अधिकांश मल्टिप्लेक्समा प्रत्येक शोमा ७० को आसपासमा दर्शकको उपस्थिति छ । यो मेरो लागि ठूलो उपलब्धि हो । मेरो चलचित्रले मल्टिप्लेक्स छिर्ने अवसर पायो ।’

प्रदर्शनको एक हप्ता नाघ्न लाग्दा समेत विजनेश रिपोर्ट सार्वजनिक गर्न नचाहेका निर्माता ओझा आफ्नो लागि दर्शकको ‘वाहवाही’ ठूलो रहेको बताउँछन् । उनी भन्छन्, ‘चलचित्रको विजनेश वितरकलाई थाहा हुन्छ । मलाई दर्शकको रेस्पोन्स थाहा छ । चलचित्र हेर्ने अधिकांश दर्शकले अत्याधिक मन पराउनु भएको छ ।’

नवल नेपालले निर्देशन गरेका चलचित्र कुमारी, लविङ, विएसआर, क्यूब, विग मुभिज लगायतका राजधानीका मल्टिप्लेक्सले आइतवारबाट चलचित्रको शोमा वृद्धि गरेका छन् ।

शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईँ, मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको चलचित्रमा प्रमुख भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *