२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपालको शानदार जित

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १ गते १२:४८

जिम्बाबे – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ ।

१ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा विकेट गुमाउँदै रन बनायो । नेपालका लागि बलिङमा ४ विकेट लिएका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक रन बनाए । सुरुवाती निकै खराब प्रदर्शन गरेको नेपालका ओपनिङ ब्याटसम्यानले आज पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

ओपनर ज्ञानेन्द्र मल्ल(१) अर्का ओपनर अनिल साह(९) रनमा आउट भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कप्तान पारस खडका (२०) रनमा आउट हुँदा नेपालको ब्याटिङ लाइन धरमराएको थियो । खराब अवस्थामा रहेको नेपालको ब्याटिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ सेखको जोडिले जितको बाटोमा डोराएका थिए ।

नेपालको सय रन पूरा भएपछि आउट भएका आरिफले २६ रन बनाएर आउट भए । रोहित पौडेलले रन बनाए ।यसअघि बलिङ गरेको नेपालका सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४ ४ तथा करण केसी र सोमपाल कामीले १ १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *