२०८१ वैशाख १४ गते | 26th of April 2024

पुन फेरी उपराष्ट्रपति, राष्ट्रिय सभा उपाध्यक्षमा दाहाल

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १ गते २०:५१

काठमान्डौं – बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनलाई सोही पदमा दोहोर्‍याउने निर्णयमा एमाले–माओवादी केन्द्र पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्रधानमन्त्री सहित एमाले नेताहरु र अध्यक्ष प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरुको बैठकले यो निर्णय गरेको हो।

राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला दाहाललाई बनाउने निर्णयमा पनि दुबै पार्टीका नेताहरु पुगेका छन्।

दाहाल प्रदेश–२ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन्। राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भइसकेका छन्।

एमाले माओवादी केन्द्रबीच राष्ट्रपति र उपराष्ट्रपति बाँडफाँट गर्ने सहमति भएको थियो। यो सहमति अनुसार एमालेबाट विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भइसकेकी छन्।

सभामुख माओवादी केन्द्रका कृष्णबहादुर महराले पाएपछि उपसभामुखमा एमालेकी शिवमायाँ तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरिसकेकी छन् नेपालखबरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *