२०८१ वैशाख १४ गते | 26th of April 2024

खबरदार, तानाशाह बन्ने दुस्साहस नगरोस सरकार – तरुण अध्यक्ष बस्नेत

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २ गते ४:३१

अमेरिका – अमेरिका भ्रमणमा रहेका नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले वर्तमान वाम गठबन्धनको सरकारले पहिलो दिन देखि नै ‘कम्युनिष्ट–चरित्र’ देखाउन शुरु गरेको टिप्पणी गरेका छन ।

नेपाल जनसम्पर्क समिती ड्यालस/फोर्टवोर्थ र वेष्ट टेक्सस च्याप्टरद्धारा बिहीबार ड्यालसमा आयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले प्रधानमन्त्री के पी शर्मा ओलीले संसदीय दलको नेता नहुँदै प्रधानमन्त्रीको शपथ लिएर संसदीय व्यवस्थाको मान्यता विपरीत काम गरेको बताए । उनले भने– “यहींबाट सम्बिधान मिच्ने काम शुरु भएको छ ।”

उनले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय सभामा सिफारीश गरेका तीनजनाको नाम राष्ट्रपतीले रोकेर राखेर अर्को सम्बिधान विपरीतको काम गरिएको पनि उल्लेख गरे ।

उनले भने– “यस्ता गतिबिधीले पहिले देखि नै नेपाली काँग्रसले शंका गर्दै आएको ‘कम्युनिष्ट–शासन’ तर्फ वर्तमान सरकार अगाडी बढन खोजेको जस्तो देखिएको छ ।”

नेपाली काँग्रेसको हारको समिक्षा गर्दै उनले कम्युनिष्टरु एक हुनु, नेपाली काँग्रेस भित्र पनि ‘आफुले टिकट पाए ठिक , नपाए बेठीक’ भन्ने सोच रहनु र काँग्रेस नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसक्नु नै हारको कारण भएको उल्लेख गरे ।

कार्यक्रममा, नेपाली काँग्रेसका नेता एवं पुर्व सांसद गोविन्द कडेलले सिट संख्यमाा नेपाली काँग्रेसको हार भएपनि बिचारमा काँग्रेसले जितेको बताए । उनले भने– “गिरिजा प्रसाद कोइरालाले भन्ने गरे जस्तै पार्टीले हारेपनि, मुलुकले जितेको छ ।” अध्यक्ष बस्नेतले भने, ‘खबरदार चुनाव जितेको रवाफमा ओली सरकार तानाशाह बने दुस्साहस नगरोस ।’

यसैक्रममा, नेपाली काँग्रेसका अर्का नेता धर्म अर्यालले, नेपालमा भन्दा अमेरिकामा बढी बिभाजीत र बिवादीत कांग्रेस देखिएको भन्दै चिन्ता व्यक्त गरे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *