२०८१ वैशाख ७ गते | 19th of April 2024

आजदेखि काठमाडौंमा पशुपतिनाथ महोत्सव शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २ गते ५:१७

किस्मत भन्डारी /काठमान्डौं – आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा पशुपतिनाथ महोत्सव शुरु भएकोे छ । महोत्सवले सांस्कृतिक, धार्मिक तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

महोत्सवमा धार्मिक गोष्ठी, प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने जनाइएको छ । महोत्सवमा श्रीमद्भागवत कथा, पाहाँचह्रे जात्रा लगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी साथै नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्ति संगीतको समेत आयोजना गरिएको छ ।

चैत ७ गते सम्म हुने महोत्सवको देशोद्धार पूजा गरी हिजो शुरुवात गरिएको आयोजक समितिका अध्यक्ष केदारमान भण्डारीद्वारा जानकारी गराइएको छ । धार्मिक, सांस्कृतिक तथा पर्यटन महत्व बोकेको महोत्सवको औपचारिक उद्घाटन भने आज बिहीबारका दिन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *