२०८१ वैशाख ६ गते | 18th of April 2024

अमेरिकी नेपाली कलाकार संघको अध्यक्षमा पून: सुमन बुढामगर

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २ गते २१:५१

न्यूयोर्क – नेपाली अमेरिकन कलाकार संघको तेस्रो अधिबेसनले सुमन बुढामगरको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । निर्वाचित अध्यक्ष बुढामगर दोश्रो पटक पनि अध्यक्ष भएको हो । संघको निर्वाचनमा बुढामगरले ३५ मत ल्याएका थिए भने उनको प्रतिष्प्रर्धी गायक अभय ढुङगेलले २५ मत ल्याएका थिए । त्यसैगरि महासचिवमा विमल ढांगी निर्वाचित भएको छ । उनले ३६ मत ल्याएका थिए भने उनका प्रतिष्प्रर्धी डेजि शेर्पाले २४ मत ल्याएका थिए । त्यसैगरि सचिव पदमा सौरमराज तुलाधारले ३७ मत प्राप्त गरेका थिए भने प्रतिष्प्रर्धी राजेन्द्र राईले २३ मत ल्याएका थिए ।

अन्य पदहरु भने निर्विरोध निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षामा निशा विश्वकर्मा, उपाध्याक्षहरुमा विक्की पुलामी मगर,बसन्ती राई, गीत विर्लाकोटी, एटना कार्की, पार्वती राई र कोषाध्याक्षमा संगिता थापा मगर चयन भएको छ । त्यस्तै सहसचिवमा मुना भण्डारी, सहकोषाध्याक्षमा प्रेम सेन्चुरी, युवा संयोजकमा रुविन शर्मा र क्षेत्रिय उपाध्याक्ष्मा रामसिंह बस्नेत चयन भएको छ । कार्यसमितिको सदस्यहरुमा पुस्कार बराल, सुवर्ण कुमार शाक्य, दिलिप कुमार स्रीस मगर, पुजा न्यौपाने, सुरेन्द्र बास्तोला, दिपा थापा, नविन श्रेष्ठ र सुवास चन्द्र मोक्क्तान रहेका छन । निर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख आयुक्त तथा आदीवासी जनजाती महासंघ अमेरिकाका बरिष्ठ उपाध्याक्ष तथा मुस्ताङ किदुगका अध्यक्ष राजकुमार विष्टले प्रमाणपत्र प्रदान गरेका थिए ।
स्रोत : एभरेस्टटाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *