२०८१ वैशाख ६ गते | 18th of April 2024

प्रधानमन्त्री ओलीद्दारा मन्त्रीमन्डल पुनर्गठन

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २ गते २३:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्  । ओलीले एमालेबाट ८ जना र माओवादी केन्द्रबाट ५ मन्त्री थपेर २०  सदस्यीय मन्त्रीमण्डल बिस्तार गरेका छन् ।  यस अघि सरकारमा सात मन्त्री रहिसकेका छन् ।

थप गरिएका मन्त्रिहरुले शुक्रबार राष्ट्रपतिबाट शपथ लिएका छन् । शपथ लिनेमा  एमालेबाट  प्रदिप ज्ञवाली – परराष्ट्र, गोकर्ण विष्ट – श्रम तथा रोजगार,  रविन्द्र अधिकारी-पर्यटन, जगत विश्वकर्मा – युवा तथा खेलकुद, रघुवीर महासेठ-भौतिक पूर्वाधार, शेरबहादुर तामाङ- कानुनमन्त्री,  गोकुल बास्कोटा -सूचना तथा सञ्चार, राज्यमन्त्री, पदमा अर्याल – स्वास्थ्यराज्यमन्त्री रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट शपथ लिनेमा गिरिराजमणि पोखरेल-शिक्षा, वर्षमान पुन -उर्जा तथा जलस्रोत, चक्रपाणि खनाल-कृषि तथा सहकारी, बिना मगर-खानेपानी, शक्ति बस्नेत-वन तथा वातावरण,  धनबहादुर बुढा-संस्कृति राज्यमन्त्री, रामकुमारी चौधरी-कृषि राज्यमन्त्री रहेका छन् ।

शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए।

प्रधानमन्त्रीले यसअघि गत फागुन १४ गते दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका थिए । सो दिन रक्षा मन्त्रीमा ईश्वर पोखरेल, गृह मन्त्रीमा रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादव, अर्थमन्त्रीमा डा युवराज खतिवडालाई नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीले राष्ट्रपतिसँग पद तथा गोपनियताको सपथ लिनु भए लगत्तै राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ खुवाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *