२०८१ वैशाख १४ गते | 26th of April 2024

सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नरमा दिपेन्द्र शाक्यको समर्थन धनप्रसाद लामिछानेलाई

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ४ गते ५:२४

काठमाडौं – लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको लायनिस्टिक वर्ष २०१८–१९ का लागि विराटनगरमा हुन गइरहेको छैठौं महाधिवशेनको तयारी लगभग पूरा भएको छ । नयाँ नेतृत्व चयन गर्न यही चैत्र १० गते महाधिवेशन हुँदैछ । बहुमत एस भोट प्राप्त गर्दै फस्ट भाइस डिस्ट्रिक्ट गर्भनर स्वतः डिस्ट्रिक्ट गर्भनर र सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नर स्वतः फस्ट भाइस डिस्ट्रिक्ट गर्भनर हुने प्रावधान लायन्स क्लबमा रहेको छ । 

सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नरमा भने उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने भएकाले यो भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ । यसैबीच सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नरका आंकाक्षी लायन दिपेन्द्र शाक्यले आफनो उम्मेदावरी फिर्ता लिँदै लायन धनप्रसाद लामिछाने (एमजेएफ) लाई समर्थन गर्नु भएको छ । शाक्यको समर्थन पाएपछि चुनावी मैदानमा होमिनु भएका लामिछानेको जीत लगभग सुनिश्चित भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शाक्यले अग्रज लायन्सहरुका बीच आफनो उम्मेदवारी फिर्ता भएको घोषणा गर्दै लामिछानेलाई समर्थन गर्नु भएको हो । 

लगातार दुई वर्ष सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नरमा उम्मेदवारी दिएर पराजित हुनु भएका शाक्यको त्यागको सबैले प्रशंसा गरेका छन् । लामिछाने नेपालकै उत्कृष्ट क्लब मानिने लायन्स क्लब अफ काठमाडौं जोरपाटीका पूर्व अध्यक्ष हुनुहुन्छ । १२ वर्ष भन्दा अघि देखि लायन्स क्लबमा क्रियाशील रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव छाड्न सफल बुहआयामीक, मृदुभाषी तथा शालीन छविका लामिछानेले एकता, सद्भाव, सेवा र संगतिलाई मूलमन्त्र मान्दै आफूले काम गर्ने घोषणा गर्नु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *