२०८१ वैशाख ६ गते | 18th of April 2024

निर्माण व्यवसायी महासंघ प्रदेश–३ को प्रथम भेला सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ४ गते ११:२८

काठमान्डौं –  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सम्बृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीलाई जिम्मेवार तथा सशक्त बनाउन राज्यले नै ठोस पहल गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ । राजधानीमा आइतबार महासंघ प्रदेश–३ को पहिलो प्रादेशिक भेलाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरु सक्षम भएमा मात्र राज्यले परिकल्पना गरे अनुरुपको विकास गर्न सकिने बताउनुभयो । अहिले व्यवसायीहरुलाई घेराबन्दीमा पार्ने काम भइरहेको भन्दै अध्यक्ष श्रेष्ठले व्यवसायीक एकता आजको आवश्यकता भएको बताउनुभयो ।

महासंघका महासचिव रामशरण देउजाले सबै तह र तप्काका निर्माण व्यवसायीको हक हित र अधिकारका निम्ति महासंघ निरन्तर लडिरहने बताउनुभयो । क्षेत्रीय निर्माण व्यवसायी संघ नै प्रदेश निर्माण व्यवसायी महासंघमा रुपान्तरण भएको र आगामी दिनमा प्रदेशको विकास निर्माणका सम्पुर्ण काम प्रदेश निर्माण व्यवसायी महासंघ मार्फत गराइने महासचिव देउजाले बताउनुभयो । निर्माण व्यवसायी सुवित श्रेष्कोे अध्यक्षतामा महासंघ प्रदेश नम्बर ३ को २७ सदस्यीय तर्दथ समिति गठन गरिएको महासंघले जनाएको छ । 

तदर्थ समितिको उपाध्यक्षहरु आनन्द अधिकारी, मुरारीराज शिवाकोटी, प्रदिप के.सी., महासचिव भगिरथ तिमल्सिना, उपमहासचिवद्धय दिपक कुमार कार्की, भक्त बहादुर बस्नेत र कोषाध्यक्ष गोरे बहादुर लामा रहनु भएको छ । कार्यक्रममा महासंघका सल्लाहकार यक्षध्वज कार्की, प्राविधिक विज्ञ सल्लहकार विरेन्द्रराज पाण्डे, वरिष्ठ उपाध्यक्ष लक्ष्मण कुमार राना, उपाध्यक्ष रुद्र शर्मा, उपमहासचिवद्धय बिष्णु बुढाथेकी, सुर्य प्रसाद तिमिल्सिना, लगायतले व्यवसायीहरुको समस्याका विषयमा चर्चा गर्नु भएको थियो । यसैबीच महासंघको आयोजना र प्रदेश नं ३े सहआयोजनामा दुई दिने ई.जि.पी तालिम राजधानीमा सम्पन्न भएको छ । तालिमको समापन गर्दै भौतिक निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव शर्माले मुलुक विकासमा व्यवसायीहरुको भूमिका बारे प्रकाश पार्नुभयो । तालिम कार्यक्रममा ४५ जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *