२०८१ वैशाख ८ गते | 20th of April 2024

सबैभन्दा मँहगा जेट चढ्ने विश्वका शक्तिशाली नेताहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ४ गते ११:५३

काठमाडौं । विश्वका अधिकांश नेताहरूले एयर फोर्स वान जाहज चढ्छन् । तर यसको अर्थ यो होइन की सबै नेताले एयर फोर्स वान नै चढ्छन् ।

बेलायती महारानी, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन तथा जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो अफिसियल भ्रमणका लागि आफ्नै निजी जेटमा यात्रा गर्ने गरेका छन् । विश्वका नेताहरूले कस्ता जेट चढ्छन र ति जेटको मूल्य कति पर्छ ? धेरैलाई कौतुहल्ता लाग्न सक्छ । यहाँ विश्वका मँहगा जेट चढ्ने ९ नेता र तीनले चढ्ने विमानको मुल्यका बारेमा चर्चा गरिएको छ ।

यस्ता छन् विश्वका ९ नेताले चढ्ने जेटः

१ .बेलायती महारानी
मूल्य: ७ करोड ७५ लाख युरो

बेलायती महारानी एलिजा वेथ केवल एक जहाजमा मात्र यात्रा गर्दिनन् । उनका लागि राज्यले आवश्कता अनुसार जहाजको व्यवस्था गरेको छ । महारानीले विदेश भ्रमणमा जाँदा रोयल एयर फोर्सको थर्टीटू स्क्वाड्रन प्रयोग गर्छिन । त्यस्तै उनले आन्तरिक भ्रमणका लागि २ एडब्लू १०९ हेलिकप्टर, ६ बीएइ–१२५ लगायत प्रयोग गर्छिन । राजपरिवारले आवश्यक पर्दा बोइङ ७४७ वा ७७७ ब्रिटिस एयरलाइन्स वा भर्जिन एटलान्टिकबाट भाडामा लिने गरेको छ ।

२. बेलायती प्रधानमन्त्री थिरेसा मे
जहाज: एयरबस ए३३०
मूल्य: १९ करोड ६० लाख पाउन्ड

बेलायती प्रधानमन्त्रीले पनि थर्टी सेकेन्ड स्वाड्रनले गरिद गरेकै एयरक्राफ्ट नै प्रयोग गर्छिन । यो प्लेन एयरबस ए ३३० कै सेपमा छ । उक्त विमानलाई १ करोड ५० लाख पाउन्डमा मोडिफाइड गरिएको हो ।

३. रूसी राष्ट्रपति भ्लादिमिर पुटिन
जहाज: आइएल–९६–३०० पीयू
मूल्य: ३९ करोड पाउन्ड

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामै बनेको जहाज प्रयोग गर्छन । यो प्लेन अत्यधिक प्रविधियुक्त रहेको बताइएको छ । पुटिनले प्रयोग गर्ने जस्तै प्लेट ३ वटा रहेको र उनी कुन प्लेटमा गए भन्ने मानिसहरुले पत्तालगाउ नै मुस्किल हुन्छन् ।

४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
जहाज: एयर फोर्स वान
मूल्य: ७८ करोड पाउन्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने जहाज एयर फोर्स वान हो । यसलाई एयर फोर्स वान भनिएपनि यो बोइङ ७४७–२०० बी को उच्च मोडिफाइड रुपमा हो । ट्रम्पको प्लेनलाई पनि उच्च प्रविधियुक्त बनाइएको छ जसले धेरै खतराहरु टार्ने बताइन्छ ।

५. चिनियाँ राष्ट्रपति सी चिनफिङ
जहाज: बोइङ ७४७–४००
मूल्य: १९ करोड ५० लाख पाउन्ड

जनबादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग आफ्नो निजी जहाज भने छैन । तथापी एयर चाइनाको दुईवटा बोइङ ७४७–४०० सँधैका लागि सीले प्रयोग गर्छन । प्लेनमा आवश्यकता अनुसार लिभिङ रुम, वेडरुम समेत बनाउने गरिएको छ । यो जहाज राज्यको सुरक्षा निकायबाट कडा निगरानी गरिँदै आएको छ ।

६. जर्मन चान्सलर एंगेला मर्केल
जहाज: एयरबस ए ३४० 
मूल्य: २३ करोड ५० लाख पाउन्ड

जर्मन चान्सलर एंगेला मर्केलसँग दुईवटा जहाज छन् । उनीसँग दुईवटा एयरबस ए ३१९ र बमबार्डिर ग्लोबल ५००० रहेको छ । सबै प्लेनहरू एन्टी–मिसाइल डिफेन्स प्रविधि जडान गरिएको छ । आन्तरिक यात्रामा मर्केलले युरोकप्टर एएस५३२ प्रयोग गर्छिन ।

७. फ्रान्सका राष्ट्रपति इम्यानुवल म्याक्रोन
जहाज: एयरबस ए ३३०–२००
मूल्य: २१ करोड पाउन्ड

फ्रान्सका पूर्व राष्ट्रपति फ्रास्वाँ अलण्डले प्रयोग गर्दै आएका जहाज वर्तमान राष्ट्रपति म्याक्रोनले चढ्दै आएका छन् । उक्त जहाजमा बेडरुप किचेन लगायत सुविधा रहेको छ ।

८. ब्रुनाइका सुल्तान हसनल बोलकेयह
जहाज:  एयरबस ए ३४०
मूल्य: १७ करोड पाउन्ड

ब्रुनाइका सुल्तानको जहाजलाई फ्लाइङ प्यालेस निकनेम दिइएको छ । उक्त जहाजलाई उत्कृष्ट धातु, जवाहरत र सुनले लेपन गरिएको छ । यो प्लेनमा एडिसनल फ्युल ट्यांकी समेत छ ।

९. कतारी अमिर तमीम बिन हमद अल थानी
मूल्य: १ अर्ब २० करोड पाउन्ड

यो धर्तीकै एक धनाढ्य मध्येका एक हुन् कतारका अमिर तमीम बिन हमद अल थानी । उनीसँग दुईवटा एयरबस ए ३२०, दुई बोइङ ७४७–८ बिमान छन् । अमिरको सचिवालयमा रहेका १ हजार कर्मचारीलाई समेत उनले निजी बिमानबाटै यात्रा गराउँछन् । एक पटक तमीम बिन हमद अल थानी जापानी प्रधानमन्त्री भेट्न जाँदा १० वटा बिमान लिएर पुगेका थिए ।

– एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *