२०८१ वैशाख १२ गते | 24th of April 2024

मनाङे अन्तराष्ट्रिय अपराधीको सूचीमा, खोज्न १९२ देशका प्रहरी खटियो

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ४ गते १२:०२

काठमान्डौं – मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट विजयी गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ । ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका मनाङेविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको हो । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

सर्वोच्च अदालतले गत माघ २ गते पुनरावेदन अदालत पाटनकै फैसलालाई सदर गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित तर सपथ खान नपाएका एकजना माननीयको खोजीमा यतिबेला १९२ देशका प्रहरी खटिएका छन् । रेड कर्नर जारीभएसँगै मनाङेको हुलिया, सम्पर्क नम्बर, सम्पर्क इमेल र उनको पासपोर्टका आधारमा १९२ सदस्य रहेको इन्टरपोलका एनसीबीले खोजी तीव्र बनाएका हुन् । देशकै केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय र अदालतका फैसला कार्यन्वयन दस्ताको खोजीमा रहेका उनको इन्टरपोलका सदस्य राष्ट्र समेत खोजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *