२०८१ वैशाख ८ गते | 20th of April 2024

मन्त्री अधिकारीद्दारा २०२० सम्ममा १५ लाख पर्यटक भित्र्याउने घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ४ गते १२:०९

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सन् २०२० भित्रमा बार्षिक १५ लाख पर्यटक भित्र्याउने घोषणा गरेका छन् ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘नेपाल भ्रमण वर्ष’ एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् ।

सन् २०२० मा १५ लाख पर्यटक पुर्याउने गरी भ्रमण वर्ष मनाउन लागेको हो । सन् २०१७ मा ९ लाख ५३ हजार लाख पर्यटक नेपाल आएका थिए । पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदैँ मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिानका साथ परिणाम आउनेगरी काम गर्न निर्देशन समेत दिएका छन् ।

उनले राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता दिने घोषण समेत दिएका छन् । प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने बताए । ।मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *