२०८१ वैशाख १३ गते | 25th of April 2024

एनसेलका कारण नेपाललाई १८ अर्ब घाटा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ४ गते १२:२४

काठमाडौं – नेपाली सूचना प्रविधिमा निकै रुचाएर प्रयोग गरिरहेको एनसेलका कारण देशलाई भने ठूलो घाटा लागिरहेको छ ।

एनसेलले लाभांश लैजाँदा मुलुकको घाटा १८ अर्ब पुगेको छ । पुससम्ममा ६ अर्ब ६६ करोड रुपैयाँले शोधानान्तर घाटा रहेको भए पनि माघमा घाटा बढेर १८ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।

विदेशी संस्थाले लाभांश लैजाँदा र व्यापार घाटा बढेकोले मुलुकको घाटा बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशी कम्पनीले ३८ अर्ब ३६ करोड रुपैयाँ लाभांशको रुपमा लगेको छ । एनसेलले नै यति रकम लाभांशको रुपमा लगेको राष्ट्र बैंकका एक अधिकारी बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *