२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

टेक्सासमा ‘हाम्रो नेपाली समाज’ गठन, संचारकर्मी रेग्मी संयोजक

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ५ गते ५:४५

टेक्सास – नेपालीहरूको बसोवास रहेका अमेरिकाका बिभिन्न भागहरुमा संस्था खोलिने क्रमसंगै नेपालीहरुको बाक्लो उपस्थिती रहेको टेक्सास राज्यमा अर्को नेपाली संस्थाको जन्म भएको छ । एकिकृत रूपमा नेपाली समाजको आफ्ना सामाजिक गति विधी वढाऊन समाजको आवश्यकता महसूस गरि टेक्सासमा ‘हाम्रो नेपाली समाज’ गठन भएको छ ।

स्थानिय मिकिनी नगरमा कलाकार हास्य अभिनेता नारायण त्रिपाठीको प्रमुख आतिथ्य तथा मिकिनी आसपासका नगरबाट भेला भएका नेपालीहरुको पहलमा सचारकर्मी केशव रेग्मीको संयोजकत्वमा १५ सदस्य हाम्रो नेपाली समाज कार्यसमिति चयन गरिएको छ । समितिमा सुकदेव राना (प्लेनो), श्याम नकर्मी (मिकिनी), प्रकाश भट्ट (मिकिनी), श्याम देवकोटा (फिस्को), यदु प्रसाई (फिस्को), अनिल ओझा (मिकिनी), दिपक ढकाल (मिकिनी), सतिश अधिकारी (प्लेनो) तिर्थराज काप्री (प्लेनो), कमल पराजुली (मिकिनी) र प्रमुख सल्लाहकार एवं संरक्षकमा नारायण त्रिपाठी रहने गरि तदर्थ समिति गठन गरिएको छ ।

भेलाले संस्थालाई अमेरिकी कानुन अनुसार दर्ता गरि नेपाली कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । समाजको आयोजनामा आगामी नेपाली नयां वर्षको कार्यक्रम गरी डालासमा संस्थाको उपस्थितिको श्रीगणेश गरिने रेग्मीले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']