२०८१ वैशाख ७ गते | 19th of April 2024

अमेरिकामा ब्यस्त तरुण अध्यक्ष बस्नेत, डालासमा अन्तर्कृया, भोली क्यालिफोर्नियातिर (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ५ गते ५:५६

डालस (टेक्सास) – नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतको प्रमुख आतिथ्यतामा टेक्सासको डालसमा आइतवार समसामयीक बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

तरुण दल अमेरिकाको आयोजनामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष बस्नेतले समसायमीक राजनीतिक बिषयमा भनाईहरु राख्नुभएको थियो ।

तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टराइको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारी, जन सम्पर्क समिती अमेरिकाका निबर्तमान उपसभापती सिपी पौडेल लगायतको सहभागीता रहेको थियो ।

अमेरिका भम्रणमा रहेका अध्यक्ष बस्नेत हाल टेक्सास राज्यका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुदै आउनुभएको छ ।

अध्यक्ष बस्नेत भोली क्यालिफोर्निया राज्यको लस एन्जलस लाग्ने कार्यक्रम रहेको छ । मंगलबार नेपाली जनसम्पर्क समिती, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजना गिरिजाप्रसाद कोईराला स्‍मृति दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ भने बुधवार बिहान जनसंपर्क समिती अमेरिका, नर्दन क्यालिफोर्नियाको निमन्त्रणामा सान्-फ्रान्सिस्को लाग्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *