1

विमानस्थलमा नारा – ‘अघि बढ टिम नेपाल, नेपाली तिम्रा साथमा छन’

152 पटक पढिएको

काठमान्डौं – आईसीसी विश्वकप छनोट खेल्दै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएर घर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरेका छन्।

समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ स्वदेश फर्किएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरू गरेको २२ वर्षपछि नेपाली क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलतालाई स्वागत गर्ने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टसहित सयौ क्रिकेट प्रेमी विमानस्थल पुगेका थिए।

जिम्बावेको हरारेबाट युएई हुँदै काठमाडौ उत्रिएको नेपाली टिमको स्वागतमा उपस्थित युवाले ‘अघि बढ टिम नेपाल, नेपाली जनता साथमा छ’, क्यानको विवाद समाधान गर’, टुँडिखेलमा खेलेर वर्डकप खेल्न सकिन्न’ लगायतका नारा समेत लगाएका थिए ।

तपाईको प्रतिक्रिया

- लक्ष्मण सिटौला केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन भने यसलाई ग्ल्यामर्स भनिन्छ ।.. ...

काठमान्डौं - राजधानीको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर प्राथमिक विद्यालयको.. ...

न्यूयोर्क - नेवा: नख: न्यूयाेर्कका उपाध्यक्ष बिष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...