२०८१ वैशाख १३ गते | 25th of April 2024

साईप्रसमा बच्चालाई प्लास्टिकमा पोको पारेर फाल्ने नेपाली युवती पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ५ गते १६:४८

काठमाडौँ – वैदेशिक रोजगारीको लागि साईप्रस पुगेकी २६ वर्षिया नेपाली युवती आफ्नो नवजात शिशुलाई मारेको आरोपमा पक्राउ परेकी छन् ! बच्चा पाईसके पछी पेट दुखेर जचाउन जाँदा डाक्टरले भर्खरै सुत्केरी भएको चाल पाई, बच्चाको बारेमा सोधखोज गर्दा स्पष्ट जवाफ पाउन नसकेपछि डाक्टरले प्रहरीलाई खबर गरेको बुझिएको छ ।

पछी प्रहरीले उनि काम गर्ने घरमा छापा मार्दा प्लाष्टिकमा पोको पारेर फालिएको शिशुको शव फेला पारेको थियो । बच्चा जन्मेपछि मारेर फालिएको हो वा गर्भपतन गरेर गालिएको हो भन्ने कुरा भोलि मंगलबार मात्र थाहा हुने साईप्रसका संचारमाध्यमले जनाएका छन् ।

हाल ति नेपाली महिलाको स्थानीय अस्पतालमा उपचार भईरहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । मलेशिया, खाडी र साईप्रस लगायतको मुलुकमा रोजगारीमा पुग्ने नेपाली युवतीको संख्या बढे संगै यस किसिमका विकृतीहरु ह्वात्तै बढेको पाईएको छ ।

क्षणिक मनोरंजनका क्रममा सावधानी नअपनाउँदा विदेशमै गर्भवती भएर स्वदेश फर्कने महिलाको संख्या दिनानुदिन बढ्दो छ भने गर्भवती भएपछी आत्महत्या गर्ने, गैह्रकानुनी गर्भपतन गराउने र यसै गरी बच्चा जन्माएर हत्या गरेर फाल्ने प्रवृती पनि बढ्दै गईरहेको छ ।

विशेष गरी वैदेशिक रोजगारीका क्रममा साईप्रस पुगेका नेपाली युवतीहरु भारतीय, बंगाली, पाकिस्तानी युवकहरु संग सम्बन्ध जोड्न पुग्ने र ति देशका युवाहरु आफ्नो स्वार्थ पुरा भएपछी आफ्नै बाटो लाग्ने अनि नेपाली युवती गर्भवती भएपछी यस किसिमको जघन्य अपराधमा फस्ने गरेको पाईएको छ ।

अब समरको मौसम सुरु भए संगै साईप्रसको समुन्द्रको किनारमा नेपाली युवतीहरुको बंगाली र पाकिस्तानीहरु संगको चर्तिकला अझ धेरै देख्न पाईने साईप्रसमै विगत ४ वर्ष देखि कार्यरत हेटौडा कि एक महिलाले नाम नबताउने सर्तमा भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *