1

प्रधानमन्त्री ओलीका सहयात्रीहरु, बचाउलान् छवि ?

65 पटक पढिएको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक सरकार विस्तार गरेपछि सरकारमा सामेल व्यक्तिहरुको चर्चा सुरु भएको छ ।

तेस्रो पटकको विस्तार पछि पनि अझै सरकारले पूर्णता नपाए पनि सरकारमा सामेल व्यक्तिहरुबाट कस्तो आशा गर्न सकिन्छ ? वाम गठबन्धनले निर्वाचनका बेला ल्याएको घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धतालाई के यी मन्त्रीहरुले सफल बनाउन सक्छन ? भन्ने प्रश्न आम जनता उठ्नु स्वाभाविकै हो ।

तुलनात्मक रुपमा सरकारमा सामेल मन्त्रीहरु कम विवादित र स्वच्छ छबिका देखिएका छन् । यस अघिका मन्त्रीमण्डलमा समावेश भन्दा अहिलेको मन्त्रीमण्डललाई क्षेत्रीयबाहेक अन्य हिसाबले सन्तुलित नै भन्न सकिन्छ । किनकि गुल्मी, कास्की जस्ता जिल्लाबाट दुई-दुई मन्त्री बनेका छन् भने सुदूरपश्चिमबाट कम प्रतिनिधित्व रहेको छ ।

एमालेबाट प्रदीप ज्ञवाली यसअघि पनि पर्यटन मन्त्री भइसकेका अनुभवी नेता हुन् । उनि स्वच्छ छबीका नेता र अहिलेसम्म कुनै विवादमा नपरेका नेताका रुपमा चिनिन्छन् । एमालेमा प्रधानमन्त्री ओलीका निकट मानिने ज्ञवालीले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि पनि खासगरी भारत र चीनसँग प्रधानमन्त्री ओलीको सम्बन्ध सुधारमा ज्ञवालीको भूमिका रहेको भनिन्छ । त्यसकारण पनि अहिले देखिएको प्रमुख दुई छिमेकीसँगको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले ज्ञवालीलाई नै परराष्ट्रमन्त्रीको रुपमा ल्याएको बुझिएको छ । उनीबाट यसको प्रशस्त सकरात्मक कामको आशा पनि गर्न सकिन्छ ।

त्यस्तै अर्थमन्त्रीको रुपमा आएका योजना आयोगका पुर्वउपाध्यक्ष, राष्ट्रबैंकका पुर्वगभर्नर डा.युवराज खतिवडा नेपालको अर्थतन्त्र बुझेका धेरै कम अर्थशास्त्री मध्येका एक मानिन्छन् । डा.खतिवडाको भूमिका वाम गठबन्धनको घोषणा पत्र बनाउनेदेखि एमालेको आर्थिक विषयका प्रमुख रणनीतिकारको रुपमा पहिला देखिनै रहदै आएको छ । त्यसैले पनि प्रधानमन्त्री ओलीले डा.खतिवडालाई विस्वास गरेर अर्थमन्त्रीमा ल्याएका छन् । उनि अहिलेसम्म कै विषयगत विधामा पढेका र अर्थतन्त्र बुझेका अर्थमन्त्री हुन् । हुन त यसअघि डा. रामशरण महत, डा.प्रकाश चन्द्र लोहोनी पनि अर्थमन्त्री बनिसकेका छन् तर योजना आयोग हुदै राष्ट्रबैंकको अनुभव लिएर अर्थमन्त्री भएका खतिवडा पहिलो अर्थमन्त्री हुन् ।

त्यस्तै अहिलेको सरकारमा मन्त्री बनेका गोकर्ण विष्टबाट पनि धेरै आशा गर्न सकिन्छ । यसअघि झलनाथ खनालनेतृत्वको सरकारमा जलस्रोत मन्त्री बनेका विष्टले विद्युत महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काटेर चर्चामा आएका थिए । त्यसपछि उनले मौका नपाए पनि अहिले श्रम तथा रोजगार मन्त्रालयको जिम्मा पाएका छन् । वैदेशिक रोजगारमा रहेको विकराल समस्या, दलालबाट ठगिने प्रवृति तथा लाखौको संख्यामा विदेशमा रहेका नेपाली युवाको समस्या समाधान गर्न विष्ट सहि मन्त्री हुन सक्दछन् ।

त्यस्तै यस सरकारमा एमालेका युवा नेता रविन्द्र अधिकारी पर्यटनमन्त्री बनेका छन् । पहिलो पटक मन्त्री बनेका अधिकारी यसअघि संसदको विकास समितिका सभापति थिए । विकास समितिमा हुदा एनसेल प्रकरणमा विवादमा आएपनि त्यसबाहेकका उनका कामलाई राम्रो मानिएको थियो । देशलाई समृद्ध कसरी बनाउने भन्ने बारेमा लागातार आफ्नो धारणा राख्दै आएका अधिकारीले यस विषयमा पुस्तक समेत लेखेका छन् । पर्यटन क्षेत्र नेपालको समृद्धिको प्रमुख आधार बन्नसक्ने कुरालाई नकार्न सकिन्न तर यस क्षेत्रमा पूर्वाधार विकासको काम अहिलेको चुनौती हो । त्यसैले मन्त्री अधिकारीबाट पूर्वाधार विकासमा काम हुन्छ भन्ने आशा गर्न सकिन्छ । उनले यसअघि सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिलाई कार्यान्वयन गर्ने तहमा उनि पुगेका छन् । यसमा उनको असली परीक्षा हुने देखिन्छ ।

त्यस्तै एमालेबाट मन्त्री बनेका लालबाबु पण्डित फेरी सामान्य प्रशासन मन्त्री बनेका छन् । सुरु मै कर्मचारीलाई स्वैच्छिक अवकाश दिने विषयमा प्रधानमन्त्री ओली र पण्डितको भनाई फरक परेको अवस्थामा यो पेचिलो विषयलाई मिलाउने चुनौती पण्डितका अगाडी देखिएको छ । स्थानीय तहमा अझै कर्मचारी नपुगेको अवस्थामा पण्डितले कसरी कर्मचारीको व्यवस्थापन गर्लान ? अहिलेको प्रमुख चासोको विषय बनेको छ । यसअघि पीआर र डिभी परेका कर्मचारीलाई कारवाही गर्ने नीति ल्याएर चर्चामा आएका पण्डित स्वच्छ छविका नेता मानिन्छन् ।

त्यस्तै माओवादीबाट धेरै जसो मन्त्री दोहोरिए पनि यसपटक दुई जना नयाँ अनुहार मन्त्री बनेका छन् । चक्रपाणी खनाल बलदेव र विना मगर । खनाललाई माओवादी भित्र उच्च तहमा रहेर पनि पछि परेका नेताको रुपमा लिइन्छ । हाल उपराष्ट्रपति रहेका नन्दबहादुर पुन र जनार्धन शर्माकै एउटै तहका नेता बलदेव पहिलो पटक मन्त्री बनेका छन् । अघिल्लो चुनावमा कपिलवस्तु क्षेत्र नम्बर १ बाट पराजित भएका उनि यसपटक सोहि क्षेत्रबाट विजयी हुदै मन्त्रीसम्म बनेका छन् । मन्त्रीको रुपमा अनुभवी नभएपनि उनीबाट राम्रो कामको आशा गर्न सकिन्छ । कृषिमन्त्रीको रुपमा दिन दिनै कृषियोग्य जमिन मासिदै गएको र कृषि उत्पादनमा विदेशको भरपर्नु पर्ने अवस्था बढिरहेको अहिलेको अवस्थालाई चिर्नु उनको प्रमुख चुनौती हुने छ ।

त्यस्तै माओवादी केन्द्रबाट पहिलो पटक मन्त्री बनेकी बिना मगर युवा जोश जागरका साथ मन्त्री बनेकी छन् । निर्वाचनको मुखमा पति गुमाएकी बिनाले पतिवियोगका बीच पनि जनता माझ गएर चुनाव जितेकी हुन् । मन्त्रीको रुपमा उनि अनुभवी नभए पनि खानेपानी र सरसफाई जस्तो महत्वपूर्ण मन्त्रालयमा काम गर्ने हो भने गरेर देखाउने प्रशस्त ठाउ देखिन्छ । अब उनले कसरी कार्यक्रम ल्याउछिन् र कार्यान्वयन गर्दछिन त्यो त आगामी दिनले बताउनेछ तर उनले पाएको अवसरलाई सदुपयोग गरेर उनलाई भिराइएको प्रचण्डकी बुहारीको मात्र ट्यागलाई हटाएर असली क्षमता देखाउने सुनौलो मौका उनीसंग रहेको छ ।

तपाईको प्रतिक्रिया

नेपालको टीपीएस नथप्ने ट्रम्प प्रशासनको तयारी

अमेरिका - अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको.. ...

एनआरएन अमेरिका, हेल्प डेस्क कोष स्थापनाको लागि आग्रह

सान-फ्रान्सिस्को - सान फ्रान्सिस्कोमा हालै सम्पन्न सम्पन्न हेल्प यन्ड सेल्फ हेल्प बिषयक.. ...

स्वर्गीय ठकुरी काँग्रेसका सच्चा सिपाही – सभापति देउवा

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता स्वर्गिय चक्रबहादुर.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...