२०८१ वैशाख १४ गते | 26th of April 2024

रोटरी क्लव अफ क्विन्सद्धारा विभिन्न समितिहरु गठन गर्दै लम्कियो काममा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ८ गते १६:४१

न्युयोर्क – सामाजिक सद्भाव  र एकताका लागि बिश्वभर फैलिएको रोटरी क्लवको न्युयोर्कस्थित रोटरी क्लव अफ न्युयोर्क क्विन्सले विगतमा नियमित बैठकले तय गरेका कार्ययोजनालाई चरणवद्ध सम्पादन कार्यमा अघि बढाएको छ । गत शनिवार न्युयोर्क रिजउडस्थित ग्रेटर रिजउड युथ काउन्सिलको सभाहलमा बसेको नियमित बैठकले बिशेष योजना अन्र्तगतको लगेज फर लाइफलाई कार्यसम्पादनका चरणमा लैजान अमेरीकाबाट नेपाल यात्रा गर्ने महानुभावहरुलाई रोटरी क्लवको नेटवर्कमा आवद्ध गराई उक्त योजनालाई सफल पार्न बिशेष निर्णय गरेको छ ।
रोटरी क्लव अफ न्युयोर्क क्विन्सका अध्यक्ष डा. तारा निरौलाको अध्यक्षतामा बसेको उक्त बैठकले लगेज फर लाइफसंगै छात्रबृत्ति कार्यक्रम, चाइल्ड एडप्ट कार्यक्रम र माइक्रो इकोनोमिक कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बिशेष छलफल गरेको क्लवका सचिव नवराज केसीले बताउनुभयो । नियमित बैठकमा अध्यक्ष निरौलासहित उपाध्यक्ष मोहन ज्ञवाली, सचिव नवराज केसी, सहसचिव सहकुल खत्री लगायत नेपाली र भारतीय गरि करीब २ दर्जन सदस्यहरुको उपस्थिती रहेको थियो ।
बैठकमा उठेका एजेण्डा उपर बुँदागत रुपमा सदस्यहरुले गहन छलफल गरेका थिए । लगेज फर लाइफ कार्यक्रमको प्रभावकारिता र महत्वलाई भर्खरै मातृभुमि नेपालबाट कर्मभुमी अमेरीका फर्किएकी सदस्य अम्बिका जानवलीले बैठकमा प्रस्ट््याएकी थिइन्् । नेपाल जाने क्रममा भिन्दै दुई लगेज लत्ता कपडा लिएर गएकी सदस्य जानवलीले उक्त कपडा आंग ढाक्न नपाएका सडक बालवालिकालाई प्रदान गर्दै उनीहरुको वास्तविक जिवनसंग साक्षात्कार हुन पाएकोबारे मनछुने अनुभव सुनाएकी थिइन ।
हरेक सदस्य लिडर अनि हरेक लिडर सदस्य रहेको रोटरी क्लव अफ न्युयोर्क क्विन्समा जे जति एजेण्डा, विवरण, छलफल, कार्यसम्पादन र उपलब्धि हुन्छ ती सबै कार्यमा सदस्यहरुको उत्तिकै योगदान रहने परिपाटीको बिकास गरेको अध्यक्ष डा तारा निरौलाले बताउनुभयो । मासिक दुई पटक बस्ने नियमित बैठकमा यस पटक क्लवलाई अझ गतिशिल र उद्देश्य अनुरुप अघि बढाउन विभिन्न समिति निर्माण गरि संयोजक चयन गरिएको छ । जस अनुसार सदस्यता बिस्तार समितिमा नवराज केसी, पन्डरेज समितिमा मोहन ज्ञवाली, पिस एण्ड कन्फिल्क्ट प्रिभेन्सन रिसोलुसन समितिमा ज्ञानल थापा, डिजिज प्रिभेन्सन एण्ड टिटमेन्ट समितिमा जिवन वम, वाटर एण्ड स्यानिटेसन समितिमा सहकुल खत्री, मेटेरनल एण्ड चाइल्ड हेल्थ समितिमा संजिता कोइराला, बेसिक एडुकेशन एण्ड लिटरेसी समितिमा झलक आचार्य, इकोनोमिक एण्ड कम्युनिटी डेभलपमेन्ट समितिमा गुरु पराजुली रहनुभएको छ । समितिका संयोजकसंग सदस्यहरुले बिषयगत छलफल र परामर्श गरि नविनतम योजना, प्रभावकारी खाका र सो सम्वन्धि अध्ययन गरि दीर्घकालिन काम गर्न बैठकले सबैलाई उत्प्रेरणा प्रदान गरेको छ । बैठकले संस्थागत नियमलाई नियमन गर्न आर्म अफ सरजेन्टमा सदस्य संजिता कोइरालालाई अप्वाइन्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *