२०८१ वैशाख ७ गते | 19th of April 2024

सबै ताल जोड्ने लिकंरोड बनाउँछु-कुवँर

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते ६:२९

पोखरा, २८ बैशाख ।
नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाका मेयरका उम्मेदवार रामजी कुँवरले तालैतालको महानगरलाई सुन्दर र सफा शहर बनाउने अठोट लिएका छन् । पर्यटन प्रवद्र्धन गर्न सातै ताल जोड्ने लिंक रोड निर्माण गर्दै पर्यटकीय विकासको आधारशिला तयार पार्ने प्रतिबद्धता गरेका छन् ।
व्यवस्थित बसपार्क, उचित ढल निकास र अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई पहल कदमी गर्ने दायित्व र जिम्मेवारी अब नेपाली काँग्रेसको काँधमा आएको उल्लेख गरे । ‘महानगरलाई बालश्रम मुक्त शहर बनाउने योजना र नीति काँग्रेससँग छ ।’ उनले भने—‘त्यसको लागि यहाँहरु सबैको सहयोगको खाँचो छ ।’ सिंगो पार्टीको भविष्य नै जनतासँग गाँसिएकोले प्रतिष्ठा जोगाउन पनि नेपाली काँग्रेसले जित्नुपर्ने उनको भनाई थियो ।
पोखराको सृजनाचोकस्थित चुनावी सभामा बोल्दै नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार सरस्वती गुरुङले मेयरकै भनाईलाई अझ प्रष्टयाउँदै भनिन्—‘मेरो पारिश्रमक सडक बालबालिको शिक्षाको लागि खर्च गर्ने छु ।’ काँग्रेसले सार्वजनिक गरेको घोषणापत्र अक्षरस कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उपमेयर उम्मेदवार गुरुङले जात जाति र भूगोललाई मात्रै नहेरी समग्र क्षेत्रको आर्थिक विकासमा काँग्रेसले अभियान सञ्चालन गर्ने बताईन् । ‘महिलाहरुको हकहित र स्वरोजागर बनाउने जिम्मेवारी मेरो पनि हो ।’ उनले भनिन्—‘त्यसैले काँग्रेसलाई जिताउनुपर्ने अपरिहार्यता छ ।’ कबचकधयतष् नगचगलनयसैविच नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पोखरा लेखनाथ महागरपालिकाको सुकुम्बासी समस्धा समाधान गर्न गर्ने पार्टी नै नेपाली काँग्रेस भएको बताएका छन् । ‘सुकुम्बासी समस्याको समाधान नेपाली काँग्रेस पार्टीले नै गर्छ ।’ उनले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने—‘काँग्रेसले जितेको अवस्थामा मेयर तथा उपमेयरले समाधान गर्ने छन् । यहाँबाट पनि नभए केन्द्रमा आउनोस हामी लड्न तयार छौं ।’
कम्युनिष्ट पार्टीको नीति नै जनतालाई गरीब बनाउने भन्दै नेता कोइरालाले जनतालाई समृद्धि र लोकतन्त्र रक्षा गर्ने पार्टी नै काँग्रेस भएकोले चुनाव जिताउन सबैलाई आग्रह समेत गरे । वडा नं ९ पछि नेपाली काँग्रेसले चुनावी सभा सृजना चोकमा गरेको थियो ।
सृजनाचोकको चुनावी सभालाई केन्द्रीय सदस्य धनराज गुरुङले सम्बोधन गर्दै काँग्रेसको जनलहर देखेर एमाले आत्तिएको जिकिर गरे । ‘देशलाई अन्धकार बनाउने पार्टी नै एमाले हो । नक्कली राष्ट्रवादलाई नेपाली जनताले बुझेका छन् ।’ उनले भने—‘अब जनता झुक्किने छैनन् ।’ उनले काँग्रेसलाई गाली गर्दैमा एमाले राम्रो पार्टी बन्न नसक्ने दावी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *