२०८१ वैशाख १४ गते | 26th of April 2024

‘ताली ठोकौंला’

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ९ गते १८:०९

झण्डै १४ वर्षको अन्तरालपछि गायक अनिश भण्डारी आफ्नो गायन यात्रामा फर्किएका छन् । गायक सुगम पोखरेलसँगको सहकार्यमा ‘ताली ठोकौंला’  बोलको गीतमार्फत  उनी सांगीतिक यात्रामा फर्किएका हुन् ।

भण्डारीले यसअघि सुगमसँगै मिलेर ‘रंगीन यो साँझ’ तथा सुदिन पोखरेलसँगको सहकार्यमा ‘एउटा सपना’ बोलका गीत ल्याएका थिए । गीतको शब्द तथा संगीत  सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ । गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् ।

‘ताली ठोकौंला’ मा अनिश र सुगमसँगै अमृत ढुंगाना र जुना सुन्दासको अभिनय रहेको छ । गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । रामशरण उप्रेतीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *