२०८१ वैशाख ७ गते | 19th of April 2024

हिन्दुहरुलाई नै थाहा छैन गाईलाई माता किन भनियो !

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १० गते ३:४३

– निदेश अधिकारी

गाईलाई किन हिन्दुहरुले पुजा गर्छन् भन्दा साधारणतया जो कसैले पनि यस्तै उत्तर दिन्छन् गाई लक्ष्मी हुन , गाई आमा हुन , आदी ईत्यादि । तर धेरैलाई गाईलाई आमा मान्नुपर्ने मुख्य कारणको बारेमा थाहा छैन ।

आर्यहरुको उत्पत्तिको ईतिहासलाई हेर्नेहो भने मङ्गोलोइड नश्लझैं ककेसियन नश्ल पनि एसियामा बसाइँ सराइबाट फैलावट हुँदै निर्माण भएको देखिन्छ । ३३०० ईसापुर्ब तिर नै जर्मनिको माथिल्लो हिमालय भागबाट प्राकृतिक बिपत्ति छल्दै एसियातिर लागेका मानिसहरु सिन्धु नदीको किनारमा आएर बस्न थालेको ईतिहास पाईन्छ । नदी , आगो , शुर्य , हावा जस्ता चिजहरुको पुजा गर्ने त्यहि समुदायलाई आर्यन अथवा आर्य भनिन्छ ।

तिनै सिन्धु नदीको किनारमा बस्दै आएका मानिसहरुलाई त्यो बेला सिन्धी भनिन्थ्यो तर अरबी भाषामा स को उच्चारण नभएकोले सिन्धीलाई हिन्दी भनिन थालियो र कालान्तरमा तिनै मानिसहरुलाई हिन्दु भनिन थालियो ।

बेदमा उल्लेख भएअनुसार हिन्दुहरु भारतबर्षमा आउने क्रममा ठुलै संख्या थिए । ४/५ सयको संख्यामा रहेका मानिसलाई जंगलमा भेटिने कन्तमुल र आफुसित ल्याएका खानेकुरा ले १०/२० दिन भन्दा धेरै पुग्ने कुरै भएन । बैदिक गुरुहरुको सल्लाहमा उनिहरु सितै ल्याईएका अन्नका बीउ रोप्ने काम पनि सुरु भयो । तर अन्न उम्रिने बेला सम्मकालागि बाच्न अत्यन्तै गार्हो भै सकेको थियो ।

केटाकेटीहरु र बृद्दहरु भोक सहन नसकि मृत्यू बरण गर्नुपरेको कुरा बेदमा उल्लेख छ । भोकका कारण मृत्यू कुर्नु बाहेक केहि नभएको बेला एउटा जंगली गाईहरुको बथान त्यहा देखा पर्यो । २०/३० को संख्यामा रहेका गाईहरुलाई समातियो । गाई स्वाभाबैले नम्र भएका कारण सजिलै समातियो पनि । अब त्यहि गाई काटेर खाने कुरामा छलफल हुदैगर्दा केहि बिद्वानहरुले गाई काटेर खाने हो भने १ महिनामा सबै सकिन्छ बरु गाईलाई पालौ र गाईको दुध खाउ । गरियो पनि त्यस्तै । वास्तबमा त्यहि गाईको बथानले हिन्दुहरुको पुर्खालाई बचाएको थियो नत्र हाम्रो अस्थित्व त्यहि बेला सकिएको थियो । रोपेको अन्न नउम्रिने बेलासम्म गाईकै दुधका भरमा बाचेका तिनै समुदायले त्यहि बेला देखि आमाको रुपमा गाईलाई सम्मान गर्दै आएका हुन ।

वास्तबमा हिन्दुहरुले पाप र धर्मको ख्याल गर्ने हो भने गाईलाई यसैकारण पनि आमाको रुपमा सम्मान दिनु अर्थपुर्ण हुन्छ । त्यो समुदायलाई गाईले आमाले झै दुध खुवाएर बचाएको भएर नै गाई माता मानिएको हो ।हिन्दु बाहेक अन्यले गाईलाई माता मान्नुपर्ने कुनै कारण छैन । यति हुदाहुदै पनि धार्मीक सहिष्णुता कायम राख्न कसैले माता मानिरहेको चिजलाई उनिहरुकै अगाडी मारेर खादा त्यसले द्वन्दात्मक स्थिति ल्याउन सक्छ । अर्को कुरा गाईको मात्र हैन कुनैपनि जीब हिंसा बुद्ध धर्मको मर्म बिपरित पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *