२०८१ वैशाख ७ गते | 19th of April 2024

डालसमा ‘शत्रु गते’ पचास पटक प्रदर्शन हुने

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १० गते २३:१८

डालस – चलचित्र ‘शत्रु गते’ टेक्सस ड्यालसमा पचास पटक प्रदर्शन गरिने भएको छ । सम्भवत: बिदेशमा यति धेरै दिन सम्म चलाइन लागिएको यो चलचित्र पहिलो बन्न सक्ने संकेत देखाएको छ । दुई हप्तामा दुई वटा चलचित्र मन्दिर बाट ५० औ पटक प्रदर्शन गरिने भएको जानकारी नेपाल ११ ईन्टरटेन्टमेन्टका संस्थापक प्याट्रिक सुबेदीले बताए । आगामी अप्रिल १ – १५ तारिख सम्म चलचित्र ‘शत्रु गते’ प्रदर्शन गरिने छ ।

टेक्सस राज्यको ड्यालसको अर्बिंग र रिचार्डसन् स्थानमा ५० पटक प्रदर्शन हुने गरिने हुनाले अमेरिकामा सबैलाई सुबिधा हुने समयमा चर्चित चलचित्र हेर्न आउन समेत आयोजकले अनुरोध गरेका छन् । नेपाल ११ ईन्टरटेन्टमेन्टले ड्यालस मै कृ २१ पटक तथा मेरो हजुर २ ३९ पटक प्रदर्शन गरेको छ । सुबेदीले त्यसपछि गाजाबाजा ,नया बर्ष शुभकामना तथा अन्य कार्यक्रमहरु तातिमा रहेको बताए । 

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ तथा महजोडीको प्रस्तुतिमा बनेको चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत दुई महिना अगाडी सार्वजनिक गरिएको थियो । निर्माण युनिटले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको गीतमा हरिवंश आचार्य, दीपकराज गिरि, पल शाह, दिपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा माथी छायाँकन गरिएको छ । 

लोकराज अधिकारीको शब्द र टंक बुढाथोकिले संगीत रहेको गीतमा टंक र मिना निरौलाको स्वर रहेको छ । महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भुमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *