२०८१ वैशाख १३ गते | 25th of April 2024

लस एन्जलस हिमालयन लायन्स क्लब स्थापना : सुर्य प्रसाईं सभापती

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १३ गते ५:२१

लसएन्जलस – दक्षिण क्यालिफोर्नियाका नेपालीहरुको संलग्नतामा पहिलो पटक लसएन्जलस हिमालयन लायन्स क्लब गठन गरिएको छ । सुर्य प्रसाईंको सभापतित्वमा गठन गरिएको लसएन्जलस हिमालयन लायन्स क्लबको आइतबार स्थानिय आर्टेशिया सहरमा औपचारिक समारोह आयोजना गरि शुभारम्भ गरिएको हो ।

हिमालयन लाइन्स क्लब घोषणा सभामा डिस्ट्रिक्ट-४- सी ३ गवर्नर राजेन थापा, डिस्ट्रिक्ट-४- एल ३कि गवर्नर भी दोनोघुइए, लगायतको उपस्थिति रहेको थियो ।

मार्च पासबाट सुरु भएको समरोहमा चार्टर सभापति सुर्य प्रसाइले समारोहको औपचारिक आव्ह्वान गर्नु भएको थियो भने समुदाएको तर्फबाट श्री पशुपतिनाथ फाउन्डेसनका अध्यक्ष भक्त थापा र अगुवा नेपाली अमेरिकन राजेन्द्र सिवाकोटीले लायन्सको सेवामुखी अभियानको चर्चा गर्नु भएको थियो ।

समरोहमा अगुवा लायन्सहरु विलियम विल, राजेन थापा लगायतले अन्तराष्ट्रिय लायन्सवाद बारे मन्तव्य राख्नु भएको थियो । समरोहको संचालन लायन्स विल्ड्रसन पलाहांगले गर्नु भएको थियो । चार्टर सभापति सुर्य प्रसाइले समारोहको समापन गर्नु भएको थियो ।

लसएन्जलस हिमालयन लायन्स क्लबको नवगठित चार्टरमा सभापति सुर्य प्रसाइ, प्रथम उपसभापति, मदन पाठक र डोल्मा लामा, सचिव देवी नेपाल, कोषाध्यक्ष रोशनी ढुंगाना, र अन्य पदाधिकारीहरुमा शंकर वाग्ले, शिव ढकाल, नबिन पोखरेल, चन्द्र सिवाकोटी, राजेन्द्र सिवाकोटी, रेख उप्रेती याम थापा, तुलसा लम्साल कोइराला, सित उप्रेती, मिरा गौतम रहेका छन् भने चार्टर सदस्यमा संगीता लम्साल सिवाकोटी, बद्रि बराल, गोमा खतिवडा, मौसमी पाठक, मुकुन्द ढुंगाना, अग्नि चौलागाईं, कृष्ण कोइराला, युवराज ओली, उमा कार्की थापा, शशि चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *