२०८१ वैशाख ७ गते | 19th of April 2024

कांग्रेसलाई लक्षित गरी पोखरामा पेट्रोल बम प्रहार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते १२:३६

पोखरा, २८ बैशाख ।
पोखरा लेखनाथ महानगरपालिकाको मध्यभागमा पर्ने बिजयपुर खोलाको पुलमा बिहीबार दिउँसो अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ । कांग्रेसको चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको हो ।
अपराहृन करीब ३ बजे भएको घटनामा कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बम प्रहार भएपनि गाडी अगाडि बढिसकेकाले क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । घटनापश्चात प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ भने बम प्रहार गर्नेको खोजी तिव्र पारेको जनाएको छ ।
घटना विप्लव माओवादीले गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी अहिलेसम्म कोहि पनि पक्राउ नगरिएकाले यसै भन्न नसकिने डिएसपी खत्रीले बताए ।
थप घटना हुन नदिन कास्कीका सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उनले बताए । विजयपुर खोलाको पुलमा यसअघि पनि शंकास्पद बस्तु भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *