२०८१ वैशाख १४ गते | 26th of April 2024

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १५ गते १६:३४

काठमान्डौं – कलाकारिता सँगसँगै सामाजिक कार्यमा सकृय भएर उदाहरणिय काम गर्दै आएका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला राष्ट्रका सर्वाधिक लोकप्रिय व्याक्तिमा चिनिन्छन् । यो जोडीले अहिलेसम्म भुकम्पदेखि विविध पीडामा जोडिएका ४ वटा ठाउँमा नमुना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । अब भने धुर्मुसले देशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् ।

देशलाई एकै ठाउँमा चिनाउने गरी नमुना नेपाल परियोजनाको काम सुरु गर्नै लागेका धुर्मुसले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट स्टेडियम निर्माणको लागी संयोजन गर्ने खुलाएका छन् । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर देशकै गरिमा उच्च राख्ने काम गरेको भन्दै तत्कालिन आवश्यकता मानिएको रंगशाला बनाउन अग्रसरता लिने धुर्मुसले लेखेका छन् ।

उनका अनुसार अब छिट्टै नै इन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्ने र त्यसमा फाउण्डेसनले निर्माण संयोजन मात्र गर्ने लेखेका छन् । आफुहरुले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेको भन्दै धुर्मुसले लेखेका छन्, ‘हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो ।’

यो अभियान नितान्त सरकारलाई सघाउनको लगी गरिएको भन्दै यसमा सरकारले गम्भिरतापुर्वक साथ सहयोग र समन्वय गर्नेमा विश्वास समेत धुर्मुसले लिएका छन् । सबै मिलेर मात्रै निर्धारित समयमै रंगशाला निर्माण गर्न सकिने भन्दै उनले यो कार्यबाट खेल जगतलाई मात्रै लाभ नहुने देशलाई आर्थिक सम्बृद्धितर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास पोखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *