1

हस्तकला र तयारी पोशाकको बजार विस्तारमा सक्दो काम गर्नेछु : कार्यदल सह-संयोजक ढकाल

108 पटक पढिएको

लसएन्जलस – राइजिंग इन्टरनेसनलका प्रवन्ध निर्देशक भीम प्रसाद ढकाल, ‘नारायण’ गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको प्रोमोसन अफ नेपाली प्रोडक्ट अबोर्ड, (पीएनपीए) कार्यदलको सह-संयोजकमा नियुक्त हुनु भएको छ । अमेरिकाको लसएन्जलसमा बसोबास गर्दै आउनु भएका ढकालको राइजिंग इन्टरनेसनल नेपाली तयारी पोशाक तथा हस्तकलाका उत्पादनहरु समुन्द्रपार निकासी व्यापारमा पहिलो स्थान सहित दुई चोटी ‘सीआईपी -अवार्ड’द्दारा राष्ट्रपतिबाट सम्मानित भएका छन ।

गैर आवासीय नेपाली संघ अमेरिकाका आजीवन सदस्य रहेका ढकालले संघको केन्द्रिय नेतृत्वले दिएको जिम्मेवारी पुरा गर्न र अमेरिकी सरकारले दिएको नेपाली तयारी पोसाक तथा ह्याण्डिक्राफ़्टको सहुलियतको सदुपयोग गर्ने र यसलाई नेपाली व्यावसायीको हितमा उपयोग गर्न आफुले छिट्टै पहल गर्ने बताएका छन् । ढकालले भने, ‘अमेरिकी बजारमा नेपाली तयारी पोसाक तथा ह्याण्डिक्राफ़्टको बजार खोज्दै अमेरिकी सरकारले दिएको सहुलियतको जानकारी नेपालस्थित व्यावसायीहरुलाई गराउन आफ्नो कार्यदललाई केन्द्रित गर्ने छु ।’ ढकालले अमेरिकी सरकारले दिएको ड्युटी फ्री सहुलियतका ७६ ओटा नेपाली उत्पादनहरुको बजार विस्तार खोज्न र यो सहुलियत सदुपयोग गर्न नेपाली व्यावसायीहरुलाई आग्रह समेत गरेका छन् । ढकाल दशकौ देखि उत्तर अमेरिकाको विभिन्न शहरमा नेपाली तयारी पोसाक तथा ह्याण्डिक्राफ़्टको प्रदर्शनी र प्रवर्धनमा क्रियाशील रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

टेक्सास र क्यालिफोर्नियामा कन्सुलेट राख्ने बिषय अध्यनमा – परराष्ट्र मन्त्री ज्ञवाली

टेक्सास - नेपालीहरुको ठुलो संख्यामा बसोबास रहेका अमेरिकाको दुई राज्य टेक्सास र.. ...

वेश्यालय, नेपाली फोहोरी राजनीति र ओली-प्रचण्ड एकता

- रामप्रसाद खनाल नेपालको ईतिहासमा केपी ओलीले प्रचण्डलाई र प्रचण्डले केपी ओलीलाई जति गाली,.. ...

रमण एफक्यान एक्सिलेन्स अवार्ड तथा महासंघको विशेष सधारण सभा

काठमान्डौं - नेपाल निर्माण व्यवसायी महासंघको रमण एफक्यान एक्सिलेन्स अवार्ड तथा विशेष सधारण.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...