२०८१ वैशाख ७ गते | 19th of April 2024

संयुक्त राष्ट्रसंघकी उपमहासचिव नेपाल भ्रमणमा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १९ गते ८:२१

काठमाडौ – संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणको लागि आइतबार राति काठमाडौँ आउँदै ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय क्षेत्रीय केन्द्रलाई नेपालले आतिथेय उपलब्ध गराएको छ । उक्त केन्द्रले विश्व शान्ति तथा निःशस्त्रीकरणका प्रयासमा सघाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *