२०८१ वैशाख १४ गते | 26th of April 2024

निर्माण व्यवसायी र उपकरणहरुलाई पूर्ण सुरक्षा दिन महासंघको माग

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २१ गते १६:५१
काठमान्डौं – नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटी निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार मन्त्री महासेठलाई भेटी निर्माण व्यवसायी र व्यवसायीका उपकरणहरुलाई पूर्ण सुरक्षा दिन माग गरेको हो । धरान सिन्धुली चतारा सडक खण्ड अन्र्तगत सिन्धुलीको हरिहरपुरगढी–५ मा रहेको अस्थायी क्याम्पमा  राखिएका सवारी साधनहरुमा अज्ञात समुहबाट गत सोमबार विहान बम प्रहार गरी ठूलो क्षति पु¥याइएको महासंघले जनाएको छ ।
राष्ट्रिय गौरवको उक्त सडक खण्ड निर्माणमा रेन्केन–कालिका–स्वछन्द प्रा. लि. संलग्न रहेको छ भने क्षति पु¥याइएका सवारी साधनहरु कालिका कन्स्ट्रक्सनको नाममा रहेको छ । महासंघका अनुसार बमको छर्रा लागेर कालिका कन्स्ट्रक्सन प्रा लिको निर्माण स्थलमा काम गर्ने चितवनका विक्रम गुरुङ घाइते भएका छन् । साथै सूर्य कन्स्ट्रक्शन फर्मको नाममा रहेको एक्साभेटर सोही दिन गोरखाको लिवेलमा पूर्ण रुपमा ध्वस्त हुने गरी अज्ञात समुहबाट जलाइएको मन्त्री महासेठलाई महासंघले  बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।  सडक निर्माण आयोजनामा प्रयोग भइरहेका ट्रिपर, रोड रोलर, लोडर, बोलेरो जीप लगायतका  सवारी साधनमा बम प्रहारका कारण भएको आगजनीबाट करोडौं मूल्य बराबरको क्षति भएको महासंघले जनाएको छ । स्थायी सरकारको गठनसँगै आर्थिक समृद्धिको परिकल्पना गरिरहेको महासंघ यस्ता आततायी घटनाको कडा शब्दमा भत्सर्ना गर्दछ ज्ञापन पत्रमा भनिएको छ ।
सिंगो निजी क्षेत्र सहित देश निर्माणमा अहोरात्र खटिँदै आएका  निर्माण व्यवसायीहरुलाई पेशाबाट नै पलायन पार्ने गरी भएको यस किसिमको घटनाले मुलुकको शान्ति सुरक्षाको अवस्था कति फितलो छ भन्ने प्रमाणित गरेको महासंघले जनाएको छ । निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन विगतमा समेत पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएपनि यस्ता निन्दनीय घटनामा खासै कमी आउन नसकेको महासंघको भनाइ छ । घटनाको छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरी बम प्रहार तथा आगजनीबाट सम्बन्धीत निर्माण कम्पनीहरुलाई भएको नोक्सानीको उचित क्षतिपूर्तिको व्यवस्था मिलाइदिन महासंघले सरकार समक्ष जोडदार माग गरेको छ । दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठले बताउनुभयो । जवाफमा मन्त्री महासेठले व्यवसायीहरुका समस्याप्रति आफू गम्भीर रहेको बताउनुभयो । महासंघ तथा निर्माण क्षेत्रका अन्य सरोकारवालाहरुबीच बैठक राखी व्यवसायीहरुका समस्या दीर्घकालीन रुपमा नै समाधान गर्न पहल गर्ने आश्वासन पनि मन्त्री महासेठले दिनुभयो ।
प्रतिनिधिमण्डलमा महासंघका मानार्थ सदस्य जीपछिरिङ लामा शेर्पा, सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्यज कार्की, निवर्तमान अध्यक्ष जयराम लामिछाने, उपाध्यक्ष्द्धय तेजकुमार कुरुम्बाङ, निकोलस पाण्डे, महासचिव रामशरण देउजा, उपमहासचिवद्धय विष्णु बुढाथोकी, सूर्यप्रसाद तिमल्सिना, कोषाध्यक्ष रोशन दाहाल, सहकोषाध्यक्ष नरहरी थपलिया, सदस्य टंक चौलागाई, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत सहभागी हुनुुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *