२०८१ वैशाख ७ गते | 19th of April 2024

ईन्टरनेशनल पोलिटिकल फोरममा सहभागी हुन पौडेल सिड्नी प्रस्थान

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २२ गते १२:३४

काठमान्डौं – अष्ट्रेलियन लेबर इन्टरनेशनलको आयोजनामा हुन गइरहेको इन्टरनेशनल पोलिटिकल फोरममा सहभागी हुन नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेल विहिवार सिड्नी प्रस्थान गर्नु भएको छ । इन्टरनेशनल पोलिटिकल फोरममा सहभागी भई पौडेलले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु हुनेछ ।

उक्त फोरममा भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरिया लगायतका विभिन्न मुलुकका प्रमुख राजनीति दलका प्रभावशाली नेताहरुको सहभागिता रहनेछ । यही शनिवार र आइतबार हुने दुई दिने बैठकमा सहभागी भए पश्चात् पौडेल नेपाली जनसम्पर्क समितिले आयोजना गर्ने विविध कार्यक्रमहरुमा सहभागी हुनुहुनेछ । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहिसक्नु भएका नेता पौडेल बलियो अन्तर्राष्ट्रिय सम्बन्ध भएका नेताका रुपमा परिचित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *