२०८१ वैशाख ६ गते | 18th of April 2024

मतदान केन्द्र पुगे कर्मचारी

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २९ गते १६:२५

प्रकाश ढकाल
पोखरा, २९ बैशाख ।
वैशाख ३१ मा हुने पहिलो चरणको सथानीय चुनावका लागि सबै मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली खटिएका छन् । सुरक्षाकर्मी सहित मतदान अधिकृत मतदान केन्द्र पुगिसेका क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
कास्कीका २ सय ८८ मतदान केन्द्रमा कर्मचारी पुगिसेकेका कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । मतदान केन्द्र पुगेका मतदान अधिकृतको टोलीले सर्वदलीय बैठक बसी बुथ बनाउने काम गरिरहेको छ । केन्द्रमा पुगेको टोलीले मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा र निर्वाध निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ काम गरिरहेको सुवेदीको भनाई छ ।
चुनाव सम्पन्न गर्नका लागि जिल्लाभर १ हजार ७ सय २३ जना कर्मचारी मतदान केन्द्रमा खटिएका हुन् । जिल्लाको पोखरा लेखनाथ महानगर सहित पाँच स्थानीय तहका १ सय ५० मतदान स्थलमा २ सय ८८ मतदान केन्द्र तोकिएको छ । केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई÷दुई जना सहायक कर्मचारी र दुई÷दुई कार्यालय सहायोगी कर्मचारी खटिएको निर्वाचन कार्यालयले जनाएको छ ।
खटिएका कर्मचारीले बिहीबारदेखि नै मतदाता परिचय पत्र वितरण सुरु गरेका छन् । शनिबारसम्म सम्बन्धित मतदान केन्द्रबाट फोटोसहितको मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम छ ।
स्थानीय तह चुनाव सुरक्षाका लागि जिल्लामा २ हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी समेत गरी झण्डै २५ सय सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाई छ । यसबाहेक निर्वाचन सुरक्षाका लागि मोबाइल गस्ती समेत गरिरहेको मैनालीले बताए ।
वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया हुने र मतदाता पाँच बजेसम्म लाइनमा बसे समय थप गर्न सकिने जनाइएको छ । वैशाख ३१ मा मात्रै नभई मतगणना नसकिँदासम्म सुरक्षा अवस्थाको प्रबन्ध मिलाइएको सुरक्षा ब्यवस्थापन समितिले जनाएको छ । कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता छन् । तिमध्ये १ लाख २० हजार २ सय ३० जना महिला र १ लाख ४ हजार ५ सय ५६ पुरुष छन् । जिल्लामा पुरुषभन्दा झण्डै २० हजार महिला मतदाता बढी छन् । ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
जिल्लाका ५० मतदान केन्द्र अति संबेदनशिल, ४९ वटा संबेदनशिल र ५१ केन्द्र सामान्य खालको रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख घनश्याम अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *