२०८१ वैशाख ७ गते | 19th of April 2024

आर्थिक समृद्धिका लागि ‘इन्द्रावती गाउँपालिका महोत्सव’- सबै वडाध्यक्षहरुको अगुवाईमा साँस्कृतिक झाँकी

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २६ गते ११:२५

याम्बु – नयाँ वर्ष २०७५को अवसरमा ‘आर्थिक समृद्धिका लागि इन्द्रावती गाउँपालिका महोत्सव’ हुने भएको छ । स्थानीय स्रोत साधन, भौतिक विकास र संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले इन्द्रावती गाउँपालिका महोत्सव आयोजना गर्न लागेको हो ।

वैशाख १ र २ गते नवलपुरमा गाउँपालिकाभित्र रहको पर्यटकीय क्षेत्रको प्रवद्र्ध गर्ने लक्ष्यका साथ उक्त महोत्सव गर्न लागेको हो । गाउँपालिकाका प्रमुख वंशलाल तामाङले महोत्सवमा १२ वटै वडाको अध्यक्षको नेतृत्वमा विभिन्न साँस्कृति झाँकिसहित स्थानीय तहको मौलिक पहिचान झल्कने र आर्थिक समृद्धि ल्याउने प्रस्तुतीहरु राखिने जानकारी दिए ।

‘महोत्सवले गाउँपालिको पाँचवर्षिय योजना तथा ‘पार्शवचित्र’ बनाउन मदत पुग्ने छ । गाँउपालिकाको पर्यटकीय क्षेत्रको योजना तुर्जमाका लागि महोत्सव आयोजना गरीएको हो । स्थानीय कला संस्कृतिको संरक्षण, गाउँपालिकामा भएका प्रतिभाहरुलाई राष्ट्रियस्तरमा चिनाउने अभियान हो,’ गाउँपालिका अध्यक्ष तामाङले भने,‘महोत्सवले धार्मिक तथा पर्यटकीय क्षेत्रको राष्ट्रिय सञ्चार माध्यममा प्रचार प्रसार गर्नेछ ।’

गुफाँडाडामा प्याराग्लाडिङको सम्भाव्यता अध्ययन गर्दैछौं । यो पर्यटकको प्रमुख सम्भाव्यता हो । होमस्टको विषयमा छलफल गरेकाछौं । सम्भावनाहरु केलाएर विस्तृत योजना बनाउनका लागि पहिलो इन्द्रावति गाउँपालिका महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

महोत्सवमा गाउँपालिकाको १२ वटै वडाका अध्यक्षहरुले आफ्नो वडाको मौलिक संस्कृति झल्कने साँस्कृतिक झाँकिसहित सहभागी हुनेछन्। समृद्व इन्द्रवाति लोकगित प्रतियोगिता हुनेछ । गाउँपालिका अध्यक्ष फूटबल प्रतियोगितामा १२ वटै वडाका खेलाडिहरु सहभागी हुनेछन् । यस्ले इन्द्रावति च्याम्पियन टिम बन्ने छ । महोत्सवमा स्वास्थ्य शिविर, शैक्षिक मेलाको साथै स्थानीय उत्पादनको लागि छुटै प्रदर्शनी स्टलहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवले नौलिङ महादेव मन्दिर प्रचार हुने आयोजकले जनाएको छ । गाउँपालिकाको वडा ९ स्थित रहेको रानी गुफा आफैमा ऐतिहासिक धार्मिक पर्यटकीय गुफा हो । यस्तै, गुफापानी यहाँको पर्यटकीय क्षेत्र रहेकाछन् ।

इन्द्रावती गाउँपालिका चक्रपथ सडक सञ्जाल

गाउँपालिकाको सबै वडामा सडक सञ्जाल विस्तार भइसकेको गाउँपालिका प्रमुख तामाङले जानकारी दिए । आगामि आर्थिक वर्षमा कुनै नयाँ ट्रयाक खोल्न नपर्ने गरी ३५० किलोमिटर सडकको ट्रयाक खोलि सकेको उनको भनाई छ । उनका अनुसार एउटा वडासँग अर्को वडाको सडक सञ्जाल जोडिसकेकाले गाउँपालिका चक्रपथ निर्माण भइसकेको छ । चालुआवको ६० प्रतिशत सडक सञ्जालमा खर्च गरेका कारण आगामि दिनमा उक्त ग्रामिण सडकको स्तरउन्नतीमा पहिलो प्राथमिकता रहने उनको भनाई थियो ।

‘अहिले धेरै वडाहरुमा खानेपानीको अभाव छ । मेरो गाउँपालिका भनेको पानीको समस्या भएको गाउँपालिका हो । यसका लागि अवाधिक र दिर्घकालिन योजनाको अध्ययन भइरहेको छ । यस्का लागि ‘सेफ ड्रिकिङ वाटर चाहिन्छ’, उनले भने,‘एक घर, एक धाराको अवधारणामा गएका छौं । गाउँपालिकाकै वडा न.१ स्थित सिङपालकाभ्रेमा पानीको ठूलो मुहान छ । यो मुहानलाई संरक्षण गरेर २५ सय घरधुरीलाई वितरण गर्ने परियोजना अघि बढाएकाछौं।’

उनका अनुसार अहिले रेडक्रस र जिल्ला खानेपानीसँगको सहकार्यमा ११ वटा योजनाहरु अघि सारिएको छ । गाउँपालिको समृद्धिका लागि गाउँपालिकाले पाइप लाइनमा २५ वटा गुरु योजनामा तय गरेको अध्यक्षको भनाई छ । गाउँपालिका तथा क्षेत्रिय स्तरिय खेलकुद आयोजनागरी खेलकुद पर्यटक भित्र्याउने गाउँपालिकाको योजना छ । परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरन गरेर ‘कृषिक भ्रमण गाउँपालिका’ बनाउने गुरुयोजनामा छ ।

टोल टोलमा सहकारी सबै युवा रोजगारी

प्रत्येक टोल टोलमा सहकारी सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । टोल टोलमा सहकारी सबै युवा रोजगारी भन्ने अभियान गाउँपालिकाले थालनि गरेको छ । कृषिक समूहको नामबाट उक्त अभियान सञ्चालन गर्नेछन् । समूहको अवधारणमा सहकारी अभियान अगाडि बढेको गाउँपालिकाका अध्यक्ष तामाङको भनाई छ ।

सहकारीको माध्यमबाट आयआर्जन गर्दै आत्मनिर्भर गर्ने अवधारण गाउँपालिकाले तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *