२०८१ वैशाख ८ गते | 20th of April 2024

प्रधानमन्त्रीसँग फाईनल कुरा गर्दै प्रचण्ड

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ५ गते ८:५५

चितवन – नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताउनु भएको छ । चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने ‘अब कोशिस गर्दैछौं, आज हामी सबै देशभरी पुगेका छौं, भोलि फर्किएएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति फिक्स हुन्छ ।’ यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो ।

अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताए ।

‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’ उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *