1

कांग्रेस पार्टी सुदृढीकरणका लागि युवा नेताको संयुक्त प्रस्ताव पेश हुने

124 पटक पढिएको

काठमाडौँ –  नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यले पार्टी सुदृढीकरण गर्ने योजना सहित संयुक्त लिखित प्रस्ताव पेस गर्ने भएका छन् । सकभर वैशाख ७ गते नै नभए ८ गते पार्टी सशक्त बनाउने योजना सहितको संयुक्त लिखित प्रस्ताव पेस गर्ने तयारीमा जुटिरहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

पार्टीलाई वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने योजना सहितको प्रस्ताव ल्याएर नेतृत्वलाई सचेत गराउने प्रयासमा लागेको उनले बताए ।

९ चैतबाट प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षाका लागि सुरु भएको केन्द्रीय समितिको बैठक १६ चैतमा नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो । स्थगित बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, गगन थापा, धनराज गुरुङ, कल्याण गुरुङ, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे लगायतको अगुवाइमा ल्याउन लागिएको प्रस्तावमा पार्टीको विधान विपरीत गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड भंग गर्नु पर्ने माग उल्लेख हुने पौडेलले बताए ।

‘पार्टी विधान संशोधन गर्न महासमिति बैठक तत्काल बोलाउनु पर्ने र विधान संशोधनका लागि मस्यौदा तयार गर्न समिति बनाउनु पर्ने माग गर्छौं,’ पौडेलले भने, ‘विधानलाई मिचेर गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड भंग गर्नु पर्ने, वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने गराउन संगठन सुदृढीकरण अभियान चलाउनु पर्ने लगायतका विषय मुख्य रूपमा उठाउँछौँ ।’

तपाईको प्रतिक्रिया

काठमान्डौं - सुपरहिट सिरिज ‘नाईं नभन्नू ल’ बयष्क हुँदै गएको छ । लगातार चौँथो सिक्वेलसम्म हिट.. ...

 डालास - गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले प्रवासमा रहेका नेपाली समुदायका मुद्धाहरु.. ...

टेक्सास - मिस नेपाल युएस छैठौं शृंखलाको अन्तिम दिन हिजो अर्थात् अगस्त १९ गते आइतबार डालस नजिकै.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...