२०८१ वैशाख १२ गते | 24th of April 2024

महासंघ प्रतिनिधिमण्डल र सार्वजनिक खरिद अनुगमन कार्यलयका सचिवबिच भेट

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ७ गते १२:०३
काठमान्डौं – नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल र सार्वजनिक खरिद अनुगमन कार्यलयका सचिव मधु प्रसाद रेग्मीबीच बिहिवार व्यवसायीले भोग्दै आएका समस्या र समाधानका वारेमा छलफल भएको छ । छलफलका क्रममा सचिव रेग्मीले निर्माण व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने  प्रतिबद्धता जनाउनुभएको छ । छलफलका क्रममा महासंघ प्रतिनिधिमण्डलले परियोजना निर्माणमा विभिन्न पक्षको संलग्नता हुने गरेतापनि कुनै समस्या आएमा एक पक्षीय ढंगले व्यवसायीहरुलाई मात्र आक्षेप लगाउने परिपाटी अन्त्य हुनुपर्ने माग गरेको थियो ।
निर्माणका क्रममा आ–आफ्नो दायित्व बमोजिम प्राप्त जिम्मेवारीलाई सबैले पुरा गर्नु पर्ने र सजायको भागेदार पनि सोही बमोजिम हुनुपर्ने माग महासंघले अघि सारेको छ ।  सो अवसरमा सार्वजनिक खरिद ऐनको पहिलो संशोधन र सार्वजनिक खरिद नियमावलीको चौथौं संशोधनले सम्बोधन नगरेका र त्रुटिपूर्ण भएका संशोधन र अव्यवहारिक तथा सार्वजनिक खरिद कार्य नै प्रभावित हुने दफा तथा नियमहरु संशोधन गर्ने गराउने कार्य जतिसक्दो चाँडो कसरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठसँगै पूर्व अध्यक्ष तथा सल्लाहकार यक्षध्वज कार्की, प्रवक्ता विष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दाहाल, व्यवसायी प्रमोद लामिछाने, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *