२०८१ वैशाख १३ गते | 25th of April 2024

विवाह र यस सम्बन्धी फैलिएका भ्रमहरू

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ७ गते १६:१५
  • मणी भट्टराई

विवाह आफैमा खराब होइन | यसको खराब पक्षको भने अबस्या बढी चर्चा हुने गरेको छ | राम्रा कयौं दानाहरू सबैले नबोली टिपेर खान्छन र एउटा कुहिएको भेटाए भने त्यसको चर्चा गर्छन | कुहिएको रहेछ भनेर बोलि हाल्छन | कुहिएको हुँदो रहेछ भनि हाल्छन | कसैको भोजमा ५०० जनाले मज्जाले खान पाए भने ती खानेले खान पाएको कुरा गर्ने होइनन | भोजमा खानै गएका हुन्, खाए | कुरा सकियो | तर एकै जनाले खान पाएन भने पनि खान नपाएको कुरा बाहिर आइ हाल्छ | चर्चा नराम्राको बढी हुन्छ | भै हाल्छ | सफल बैबाहिक जीवनको कुरा कसले गर्ने ? समाजमा कसले कसलाई कति माया गर्छ को चर्चा भन्दा बर्ष दिनमा भएको एउटा झगडाले बर्ष दिनै चर्चा पाउँछ |

बैबाहिक जीवन दुई व्यक्ति बीच हुने एक अलिखित सहमती हो | यो सहमती पालना गर्न नसक्नेका लागि विवाह जीवनमा एक अग्नि परिक्षा नै हो |

यहाँ कर्पो-रेटहरूले शासन गर्छन् | कर्पोरेटहरूको प्रमुख उदेश्य मान्छेहरूलाई सकेसम्म सबैभन्दा धेरै टुक्रामा विभाजन गर्नु, स्वतन्त्रताको भ्रम दिएर हरेकलाई अलग्याउनु , र ती टुक्रे-टुक्रे श्रमिकहरूबाट अधिकतम फाइदा लिनु हुन्छ । त्यो नीति समाज र परिवारसम्म आइपुग्छ र त्यसले लोग्नेस्वास्नीलाई समेत टुक्र्याउँछ| यसैले पश्चिमा समाजमा धेर डिभोर्स हुने गरेको छ र त्यो क्रमश: पूर्वतिर पनि बढिरहेको छ | हामीसँग भएका सबै कुरा नराम्रा छैनन् | खुटामा लागेको फोहोर सफा गर्न घिनाएर खुट्टै काट्नु राम्रो कदापि होइन | हाम्रो सांस्कृतिको रूपमा आएका फोहोरहरू मात्र सफा गर्नुपर्ने बेला आएको छ | आधुनिक हुने नाममा सिधै अर्काको घुम्टो ओड्नुले हाम्रो बैभवपूर्ण सांस्कृतिक अस्तित्व संकटमा पर्नेछ |

यतातिर मान्छेमा विवाह गर्नु भन्दा एक्लै बस्ने मनस्थिति निर्माण भएर गइरहेको छ। बच्चा पाउनु र हुर्काउनु भनेको निक्कै ठूलो चुनौती जस्तै बनेको छ | अधिकतम छोरामान्छेहरू यसमा सचेत हुँदै गएर यौनको निम्ति मात्र प्रश्तुत हुन थालेका छन् | एउटा बच्चा ऊबाट भूलबस जन्मन गएमा १६ बर्षसम्म बच्चाको निम्ति उसले तिर्नु पर्ने पैसा उसको निम्ति बच्चाको बाऊ हुनुको गर्व भन्दा महँगो पर्न गएको उसले ठानेको छ | बिवाहा पछिका कानुनी झन्झटको कारण बिबाह नै नगर्नेहरूको संखा पनि बढि नै रहेको छ |यहीं र यस्तै कारण जनसंख्या क्रमश: घट्दै गैरहेछ | कुनै पनि देशको निम्ति यो राम्रो संकेत होइन | यहीं भएर पश्चिमा मुलुकहरूले अन्य मुलुकहरूबाट मान्छे ल्याएर जनसंख्या सन्तुलन राख्न खोजिरहेका छन् | म त्यसैको एक उदाहरण हूँ |

प्रसङ्ग विवाहाको थियो | विवाह गरेपछि तनाव बढ्छ भन्ने कुरा भ्रम हो | यो भ्रम मैले प्रथम अनुछेद्मा लेखे जस्तै भ्रम हो | वरूअविवाहित मान्छेहरू बढि तनावमा हुन्छन, उनीहरूमा जिम्बेवारीबोध हुँदैन भन्ने मान्यताका आधारमा अविवाहितहरूको इन्स्योरेन्स विवाहितको भन्दा महँगो पर्ने गर्छ | विवाहा गरेपछि स्वतन्त्रता हुँदैन भन्नु झन् भ्रम हो, त्यो कसलाई कस्तो स्वतन्त्रता चाहिएको हो त्यसमा भर पर्छ | यहाँ स्वतन्त्रता सब्दको शाब्दिक अर्थ मात्र नहेरेर पारिभाषिक अर्थ पनि हेर्न म आग्रह गर्दछु | मैले अझसम्म व्यक्तिगत रूपमा विवाहका वेफाइदा देखेको छैन | विवाह अगि र विवाह पछि भनेर फेसबुकको भित्तोमा आउने कुराहरू खालि मनोरन्जनका लागि मात्र हुन् भनेर म पनि लाइक गर्ने गर्छु | त्यसमा खास सत्यता भने देख्दिन | विवाहा पछि माया घट्छ भन्नेहरूमा अर्कै मनोदशाले काम गरिरहेको हुनसक्छ | विवाह पछि दम्पतिमा यौनिक आकषर्ण क्रमश: घट्दै जानु भनेको प्राकृतिक कुरा हो | यसका पनि विभिन्न उपाएहरू अनेक पत्र पत्रिकामा छापिएका छन् | तसर्थ विवाहा सम्बन्धि गलत भ्रमहरूको बारेमा सचेत हुन सबै अविवाहितहरूमा आग्रह गर्दछु | विवाहा सम्बन्धिका नकारात्मक कुराहरू धेरै हदसम्म भ्रम मात्र हुन् |

र विवाहमा गरिने तडक भडक भनेका विवाह गर्ने प्रक्रियामा देखापरेका नौटंकी मात्र हुन् | यसमा विवाहको कुनै साइनो हुँदैन | यो मान्छेको नक्कली नाकको प्रदर्शनी मात्र हो | 

Leave a Reply

Your email address will not be published. Required fields are marked *