२०८१ वैशाख ११ गते | 23rd of April 2024

भारतीय प्रधानमन्त्री मोदी वैशाखमा नेपाल भ्रमणमा

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ८ गते २०:१५

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मिति तय भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको ठिक एक महिनापछि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन् । उनी मे ११ अर्थात २८ वैशाखमा नेपाल आउन लागेका छन् । तर भारतीय विदेश मन्त्रालयले भने औपचारिक जानकारी गराएको छैन ।

भारतीय दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले मोदी ११ मेमा नेपाल भ्रमण गर्न लागेको जनाएको छ । मोदीले काठमाडौं र जनकपुरमा भ्रमण गर्ने उल्लेख गरिएको थियो । मोदी पहिले पनि जनकपुर आउने तयारी गरेका थिए । तर केही विवाद भएपछि उनी आउन सकेका थिएनन् । यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने कार्यक्रम रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारत भ्रमणका बेला ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । ओलीको निम्तो मान्न उनी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री बनेदेखि मोदी दुई पटक नेपाल आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *